बझाङलाई मदिरा निषेधित क्षेत्र बनाउने जिल्ला सभाको निर्णय
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ भदौ १६ शनिबार
802
Shares
बझाङ। बझाङमा मदिराका कारणले समाजमा नराम्रो बिकृतीहरु तथा बिभिन्न अपराधिक घटनाहरु घटेको भन्दै दोस्रो जिल्ला सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरिएको छ । जिल्ला सभाको दोस्रो बैठकले सुक्रबार जिल्लाका सम्पूर्ण गाँउपालिका तथा नगरपालिकामा मदिरा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला सभाको दोस्रो बैठकमा जिल्ला भरि मदिरा ओसार प्रसार तथा बिक्रि बितरण गर्ने कार्यलाई असोज १ गते देखि पूर्ण रुपमा बन्द गर्ने निणर्य गरेको छ । मदिरालाई नियन्तण वा निषेधित गर्ने भन्ने बारे जिल्ला सभामा ब्यापक छलफल गरेको थियो । छलफलका क्रममा अधिकाशं गाँउपालिकाका अध्यक्षहरुले मदिरा निषेध गर्नु जोखिमपूर्ण कार्य भएको भन्दै नियन्तण तिर लाग्ने बताए पनि सभामा बोल्ने उपाध्यक्षहरुले मदिरा निषेध हुनु पर्ने अडान राखेका थिए ।
जयपृथ्बी नगरपालिका उप प्रमुख जुना जाग्रीले मदिराका कारण जिल्लामा बिकृती बिसंगती निम्तीको भन्दै मदिरा नियन्तण अनिबार्य आवश्यक भएको बताए । उनले सबैले दृढ संकल्प गरेमा यो सहज रुपमा निषेध हुने समेत बताए । मदिरा निषेधका आवाजहरु बेला बखतमा उठि रहने भएपनि बझाङ जिल्लामा भने सम्भव भएको थिएन् ।
२०६६ /०७६ सालको जिल्ला परिषदले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको भएपनि ब्यापारीहरुको आन्दोलनले उक्त निर्णय लाई कार्यान्वयमा लिन भने सकिएको थिएन । नागरिक समाज तथा महिलाहरुको ब्यापक दवापमाले सो समय निर्णय त गरिएको थियो तर कार्यान्वयनमा भने समस्या देखिए पछि पुन: खुल्ला गरिएको थियो ।
यस पटक पनि हचुवाका भरमा निर्णय गरिएको बताउदै केदारस्यू गाँउपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले भने 'अब चार बर्ष बाँकी छन् बिकास गर्ने कि जाँड र रक्सीका पछाडी लागेर समय ब्यतित गर्ने ।' उनले निषेध गर्न सक्यो भने त एकदमै राम्रो हो यहाँ त धेरै पटक कोसिस गरि सकेका हो ब्यापारीहरुका पनि आफ्ना समस्या होलान सबैका समस्याहरु लाई मध्य नजर गरि गर्दा अझै राम्रो हुने धारण राखे। उनले अब जिल्ला सभाले नै निर्णय गरेपछि सबैले आ आप्नो ठाँउबाट लाग्नु पर्ने धारणा राखे।
त्यस्तै प्रतिनिधी सभा सदस्य सांसद आसा बिकले लामो समय देखि बझाङमा मदिरा निषेधको आवाज उठिरहेको भएपनि यो जिल्ला सभाको निर्णय ऐतिहासिक भएको बताइन् । उनले मदिराका कारण सबै भन्दा महिलाहरुलाई बढी पीडा हुने भएकाले यो कदमले महिला बर्गहरुलाई फाईदा भएको बताइन् ।
बझाङ जिल्लामा हुने अपराधिक घटनाहरु मा ९८ प्रतिषत घटना मदिरा कै कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गएिको छ । जाँड रक्सीका कारण बर्षेनी १० देखि २० जनाको मृत्यू हुने र यसकै कारणले महिला हिसां तथा बलत्कार जस्ता जघन्य घटना समेत घट्ने गरेको जिलला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा यसरी जाँड रक्सी बन्द तथा निषेध गर्नु त राम्रो तथा स्वागत योग्य काम भएको नागरिक समाजका अगुवा धर्मजगं बहादुर सिंहले भने तर यसमा धेरै चुनौतीहरु पनि छन् । यस भन्दा केही महिना अगाडी देखि जिल्लाको चिर बिथ्थड गाँउपालिका तथा खप्तड छान्ना गाँउपालिकाले मदिरा निषेधित क्षेत्र घोषणा गरि कार्यान्वयनमा ल्याई सकेको छ ।
खप्तड छान्ना गाँउपालिका अध्यक्ष बर्क रोकायाले भने 'हामीले त ८ महिना अगाडी देखि नै गाँउपालिका भित्र पूर्ण रुपमा मदिरा निषेध गरेका थियौ र अहिल्य मदिरा निषेध भएपछि झगडामा समेत कमी आएको छ ।'