arrow

पाटनको कृष्ण मन्दिरमा इतिहासमै पहिलो पटक दर्शनार्थीको संख्या कम 

सार्वजनिक विदा नदिँदाको असर

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
patan_mandir.JPG

ललितपुर। पाटनको कृष्ण मन्दिरमा इतिहासमै पहिलो पटक यसपाली कृष्णाष्टमीका दिन बिहानमा दर्शनार्थीको संख्या सबैभन्दा कम देखिएको छ । प्रत्येक वर्ष कृष्ण मन्दिरमा हजारौ दर्शनार्थीको भिड लाग्ने भएपनि यसपाली  मध्यरात १२ बजेपछि सर्वसाधारणका लागि ढोका खुल्ला गरिए पनि  दर्शनार्थीको सख्या सबैभन्दा कम देखिएको हो ।

बिहान २ वटा लाईनमध्ये  एउटा लाईन पुरुषको मगंलबजारकै भिमसेन मन्दिरसम्म र महिलाको लाईन रानी पोखसम्म मात्रै पुगेको मंगल टोल सुधार संघका अध्यक्ष किरण मान प्रधानले जानकारी दिए । बिगतका बर्षमा एउटा लाइन बंगलामुखी र अर्को लाइन महापाल पुग्ने गरेको थियो । यसले भित्री सडक समेत प्रभावित हुने गरेको थियो ।

आइतबार सार्वजनिक बिदा नभएकाले इतिहासमै पहिलो पटक  दर्शनार्थीको सख्या अत्यन्तै कम भएको मंगल टोल सुधार संघका अध्यक्ष प्रधानले जानकारी दिए  । २०७२ को भुकम्पपछि पहिलो पटक कृष्णजन्माष्टमीका दिन  मन्दिर खुल्ला गरेपनि अपेक्षाकृत दर्शनार्थी  नआएको उनले बताए ।

भुकम्प गएकै सालमा मन्दिर प्रवेश गर्न नदिएपनि उल्लेख्य सहभागि भएको दर्शनार्थी यसपाली कम हुनाको कारण आज साबर्जनिक बिदा नभएकाले नै हो, प्रधान बताउछन् । यसअघि हिजो बेलुका भने दर्शनार्थीको धेरै भिडभाड रहेको थियो । यो हेर्दा आईतबार दर्शनार्थीको संख्या बढने अनुमान गरेको थियो । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले  कृष्ण अष्टमीका अवसरमा दिउँसो पाटनको कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । 

ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित  यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ