arrow

श्रीलङ्काली राष्ट्रपति सिरिसेना आनन्दकुटी बिहारमा, १५ इन्चको बुद्धको प्रतिमा उपहार 

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
bihar.JPG

काठमाडौं । बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आनन्दकुटी विहारको दर्शन तथा पूजा गरेका छन् । 

आईतबार बिहान ११ बजे  स्वयम्भूस्थित आनन्दकुटी विहार पुगेर सिरिसेनाले  विहारमा रहेको बुद्धको अस्थी धातु समेत दर्शन गरेका छन्  ।

श्रीलङकाबाट ल्याइएको बुद्धको अस्ति धातुको समेत उनले अवलोकन गरेका हुन्।  अस्ति धातु राखिएको चैत्य भुकम्पपछि पुर्ननिर्माण भइरहेकाले सुरक्षीत स्थानमा राखिएको छ ।

श्रीलङकाली सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको आनन्दकुटी बिहारको राष्ट्रपति सिरिसेनाले जानकारी लिएको बिहारका भिक्षु असज्जीले बताए ।  याे बिहारको भुकम्पपछि पुर्ननिर्माणका लागि श्रीलङकाली सरकारले २१ करोड सहयोग गरेको थियो ।

बिहार पुर्ननिमार्णका लागि अहिलेसम्म २० करोड खर्च भइसकेको र अझै एक वर्षमा मात्र पुर्ननिर्माण सम्पन्न हुने भिक्षु असज्जीले बताए ।  

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सिरिसेनाले आनन्दकुटी विहारमा आयोजना गरिएकोे धार्मिक पुजामा समेत सहभागी भएका छन । 

बिहारका प्रमुख भिक्षु धर्ममैत्रीले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा (जलप) लगाएको १५ इन्चको बुद्धको प्रतिमा उपहार दिएका छन  । यसअघि शनिबार सिरिसेनाले  लुम्बिनीमा गएर दर्शन गरेका थिए  । 
विमस्टेक सम्मेलनमा भाग लिन नेपाल  आएका राष्ट्र प्रमुखहरु फर्किसकेपनि सिरिसेना आइतबारै फर्कने छन् । 

सिरिसेना आज ३ बजे स्वदेश फर्कदैछ । ३ बजे सोल्टी होटलदेखि एयरपोर्टसम्मको सडक केही समय प्रभावित हुने समेत महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ