काठमाडौं। सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुका कारणसहित लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नामका आदेश जारी गरेको छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विष्टलाई विदेश जानबाट रोक्नुका कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।
अदालतले गृहमन्त्री, गृहका अधिकारीहरु, विमानस्थल अध्यागमन विभाग प्रमुख र अधिकारीहरुका नामा कारण देखाउ अादेश जारी गरेकाे हाे ।
विष्टले थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानूनविपरीत जानबाट रोक लगाएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
विदेश जाने क्रममा विष्टलाई यही भदौ ८ गते विमानस्थलबाटै फर्काइएको थियो। विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप लगाइएकाे छ ।