arrow

कांग्रेस सभापति देउवासँग कुम जोड्न आइपुगे नेकपाका नेता रावल

गौरा पर्वले जुटायो अवसर

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
deuba-rawal-gaura.jpg

काठमाडौं। सोमबार काठमाडौंको टुँडिखेलमा राजनीति रंगमञ्चमा कमै देखिने दृश्यमा सहभागीहरु रमाएका थिए। 

फरक फरक दलका नेताका रुपमा एकले अर्काको अस्तित्वमा प्रहार गर्ने नेताहरु एकपछि अर्कव गर्दै कुममा कुम जोडेर साथमा थिए। 

कांग्रेस सभापति शेर बहादुर देउवासँग कुम जोडेर देखिएका थिए  नेकपाका नेता भिम रावल। केहि असहज माने जस्ता देखिएपनि देउवासँग कुम जोडेर साथ दिइरहेका रावललाई देखेर अन्य नेताहरु पनि रमाइलो मानिरहेका थिए। 

सैनिक मञ्च टुडिखेलमा देउवासँगै कुम जोडेर खडा थिए रावल। अनि साथ दिनेहरुमा कांग्रेस नेता एनपी साउद थिए भने अर्का नेता रमेश लेखक पनि थिए। 

Image may contain: 6 people, people smiling, people standing

प्रदेश नम्वर ७ घर भइ काठमाडौं बस्दै आएकाहरु हजारौंका संख्यामा टुँडिखेलमा जम्मा भएका थिए। ति हजारौहरुको आँखामा देउवा र त्यस क्षेत्रका नेताहरु एकले अर्काको हात समातेर कुम जोडेर हल्ली हल्ली नाच्दै गरेको ध्यान दिएर हेरिरहेका थिए। 

फरक फरक पार्टीका नेताहरु भएपनि आफ्नो भेगमा मनाइने चाड गौरा पर्व काठमाडौंमा सामुहिक रुपमा मनाउन प्रदेश ७का महिला पुरुष टुँडिखेलमा भेला भएका थिए। विशेष गरि महिलाहरुले मनाउने भएपनि पुरुषहरु पनि गौरा माताको आशिर्वाद थाप्न डेउडा खेल्न आइपुगे। 

Image may contain: 13 people, people smiling, crowd and outdoor

डेउडा खेल्दै देउवा सहितका नेताहरुले भगवतीलाई सम्झिए। राजनीतिक मञ्चमा फरक फरक दलको नेतृत्व तहमा रहेपनि साविकको सुदुरपश्चिम अर्थात प्रदेश ७का नेता तथा नागरिकहरु चाडवाडको बेला भने वाद भन्दा माथि उठेर सामुहिकतामा रमाउने सन्देश दिदै आएका छन्।

कांग्रेस सभापति देउवाले टुँडिखेलमा गौरा मातालाई स्मरण गर्दै नेताहरुसँग डेउडा खेलेर चाडपर्व अनि संस्कृती वाद भन्दा माथि रहेको सन्देश दिएको कांग्रेस बैतडीका नेता जनक भट्टले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ