चन्द्र भण्डारी भन्छन, ' सरकारले दुई तिहाईको अपमान गर्दैछ '
मुलुकी संहिताको सञ्चारकर्मी र चिकित्सकहरुलाई कस्ने व्यवस्था हटाउन भण्डारीको माग
प्रकाशित २०७५ भदौ १९ मंगलबार
578
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले दुई तिहाईको अपमान गरेको बताएका छन्। भण्डारीले दुई तिहाईको प्रचण्ड वहुमत हुँदा पनि सरकारले विकास निर्माण र समृद्धीको गती बढाउन नसकेको उल्लेख गर्दै सरकार अनावश्यक मुद्धामा अल्झिरहेको बताए।
मुलुकी संहिताको नाममा सञ्चारकर्मी र चिकित्सकहरुलाई कस्ने व्यवस्थाको विरोध गर्दै भण्डारीले त्यसलाई तत्काल सच्याउन पहल गर्न सरकारसँग माग गरे।
भण्डारीले भने, 'पत्रकारिता क्षेत्रमा विकृति छन् भने सच्चयाउनु पर्दछ । तर समाजका विकृति उजागर गर्ने काम गर्दै आएका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान गर्नुको साँटो तिनलाई नै अप्ठ्यारोमा पार्ने कामले लोकतन्त्र बलियो हुन सक्दैन। '
जनताको सुलभ उपचारको लागि मेडिकल क्षेत्रमा पनि धेरै सुधार गर्नु आवश्यक रहेको भण्डारीले बताए। तर सिमित श्रोत र साधनबाट ठूला उपलब्धिहरु हासिल गरेको हाम्रो चिकित्सा क्षेत्रको पनि हामीले सम्मान गर्नु पर्दछ, यिनलाई हामीले नजरअन्दाज गर्न मिल्दैन उनले थपे।
सरकारले आपसी छलफलबाट नै समस्याको समाधान खोज्न सुझाव दिदै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले राष्ट्रको लागी अत्यन्त आवश्यक मुद्धा जस्ले उठाएको भएपनि सम्वोधन गर्न सरकार हिच्किचाउन नहुने बताए।
सरकारको ध्यान राष्ट्रिय मुद्धालाई उठाएर जनताको पक्षमा रहेकाहरुको विरुद्ध देखिएको तर राष्ट्र विकासमा बाधक रहेका भष्ट्रहरुतिर नदेखिदा सरकारले दुइ तिहाइको अपमान गरेको भण्डारीले बताए।
समाजमा चारैतिर बेथिति छ । राष्ट्रनिर्माणको बल भन्दा धननिर्मार्णको बल बलियो देखिन्छ। राष्ट्रनिर्माण भन्दा व्यक्ति र परिवारनिर्माण प्राथमिकतामा पर्नु दुस्खद हो। आजको समयमा त यसले विगतका सबै रेकर्ड नै ब्रेक गरेको मलाई लाग्छ।निर्माण कम्पनीहरुलाइ क्षमता नहेरी केवल राज्यलाई दहन गर्न सडक पुल भवन विद्युत बनाउन दिदा देशले विकासको गतीलाई अगाडी बडाउन सकेन । तर सरकार अन्य क्षेत्र तिर झगडा बडाउदैछ रु