arrow

हाम्राकुरा डटकमबाट शिवाकोटीले दिएको राजीनामा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७२ फागुन ५ बुधबार
Ajay_babu_Shiwakoti.jpg.jpeg

काठमाडौं। हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले आफ्नो पदबाट राजिनामा दिएका छन्। हाम्राकुरा डटकमको स्थापनाकालदेखि प्रधान सम्पादकको भुमिकामा रहेका शिवाकोटीले गत आइतवार दिएको राजिनामा मंगलवारबाट स्विकृत भएको हाम्राकुरा डटकमको प्रकाशन संस्था इआइसीटी नेपालले जनाएको छ।

नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटी बिगत १७ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल छन्। शिवाकोटीले आफ्नो कार्यब्यस्तताको कारण जनाउँदै राजिनामा दिएको जनाएका छन्।

हाम्राकुरा डटकमबाट अलग भएपनि आफू पत्रकारीतामा भने निरन्तर रहने शिवाकोटीले बताएका छन्। हाम्राकुरा डटकममा पुर्‍याएको योगदानको लागि हाम्राकुरा प्रशासनले शिवाकोटीलाई धन्यवाद दिएको छ।

हाम्राकुरा मार्फत अनलाइन पत्रकारीता क्षेत्रमा शिवाकोटीले पुर्‍याएको योगदानको हाम्राकुरा डटकम र इआइसीटी नेपालका तर्फबाट उच्च प्रंससा गरेको कार्यकारी निर्देशक माधव चम्लागाईले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ