arrow

कार्यकक्षबाटै पक्राउ परेका कुँवर घर फर्किए, लफडा टुङ्गियो

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
nawaraj_kuber.jpg

काठमाडौं। प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका न्युज कारोबार डट कमका समाचार सम्पादक नवराज कुँवरलाई घर फर्काएको छ।  बेलका नगरपालिका प्रमुख र कुँवर बीच सहमति भएसँगै प्रहरीले उनलाई घर फर्काएको हो ।

बेलका नगरपालिकामा केही समय अघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भएको थियो । साथै नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासो चुलिएको थियो ।

उक्त समाचारलाई कुँवरले निरन्तर ‘फलो अप’ गर्दै आएका थिए । सोही विषयमा कुँवरको फलो अप र सामाजिक सञ्जालबाट गलत कार्यको विरोधका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका कुँवरलाई प्रहरीले टेकुमा राखेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ