कार्यकक्षबाटै पक्राउ परेका कुँवर घर फर्किए, लफडा टुङ्गियो
प्रकाशित २०७५ भदौ १९ मंगलबार
527
Shares
काठमाडौं। प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका न्युज कारोबार डट कमका समाचार सम्पादक नवराज कुँवरलाई घर फर्काएको छ। बेलका नगरपालिका प्रमुख र कुँवर बीच सहमति भएसँगै प्रहरीले उनलाई घर फर्काएको हो ।
बेलका नगरपालिकामा केही समय अघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भएको थियो । साथै नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासो चुलिएको थियो ।
उक्त समाचारलाई कुँवरले निरन्तर ‘फलो अप’ गर्दै आएका थिए । सोही विषयमा कुँवरको फलो अप र सामाजिक सञ्जालबाट गलत कार्यको विरोधका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका कुँवरलाई प्रहरीले टेकुमा राखेको थियो ।