arrow

पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही हुन्छ – डा कोइराला

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
shekhar-Koirala.jpg.jpeg

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएका छन् । 

वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा बिहिबार यहाँ आयोजित विचार गोष्ठीमा उनले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पारे ।

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उनले बताए । 

केन्द्रीय सदस्य डा डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ