arrow

निर्मला हत्याकाण्डबारे प्रधानमन्त्रीले टीभीमा दिएको अभिव्यक्ति आपत्तिजनक – एनपी सावद

रिसले चुरचुर छन् सुदूरपश्चिमबासी

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
np-sauth-congress.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता एनपी सावदले निर्मला पन्त हत्याकाण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे आपत्तिजनक भएको जनाएका छन्। हाम्राकुरा संगको कुराकानीमा नेता सावदले विशुद्ध आपराधिक घटनालाई राजनीतिसंग जोडेर प्रधानमन्त्री ओलीले घटनालाई राजनीतिकरण गर्न खोजेको आरोपसमेत लगाएका छन्। 

उनले प्रधानमन्त्री ओलीको भनाइप्रति आपत्ति जनाउँदै तीन बुँदामा समेटेका छन्।  

१, प्रधानमन्त्री ओलीले अनुसन्धान भइरहेको कुरालाई निचोड निकालेर बोल्नु भएको छैन। 

२, विशुद्ध आपराधिक घटनालाई राजनीतिकरण गर्नुभएको छ । नेकपा बाहेकका पार्टीलाई मुछ्नु भएको छ। 

३, प्रहरीसंग भएको भनिएको डीएनए सबुत र उसले खोजेको हत्याराको ७–१० दिनभित्र हुनसक्ने रक्त परिक्षणको निर्क्यौल हप्तौं बित्दा पनि बिगतको अनुसन्धानमा प्रतिरक्षात्मक भइएला भनेर बाहिर ल्याइएको छैन। एउटा मानसिक रोगी र आपराधिक पृष्ठभूमि भएको मानिसलाई पक्राउ गरिएको छ। डीएनए म्याच भयो कि भएन नतिजा बाहिर ल्याउनु पर्दैन ? पहिले प्रहरीले झुठो मान्छे खडा गरेर अपराधी बचाउ गर्ने अनि अहिले फेरि डीएनए टेष्टको नतिजा बाहिर नल्याउनुमाथि ठूलो रहस्य लुकेको छ। 

नेता सावदले प्रहरीले अपराधी उम्काउने खेल खेलेको हुन सक्ने र सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न माग गर्दै आन्दोलन गरेकाहरुलाई गोली हान्नुले यसको पुष्टि गर्ने पनि बताए। सरकारले १५ दिनभित्र अपराधी पत्ता लगाउने भन्दै आन्दोलनकारीसंग प्रतिवद्धता जनाएको थियो। आन्दोलनले एक जनालाई शहीद बनाएको छ भने २ जना जीबन मृत्युको दोसांधमा छन्।

नेता साउदले प्रधानमन्त्रीबाट दोषीलाई बाहिर सार्वजनिक गर्नुको सट्टा टेलिभिजनबाट अभिव्यक्ति दिँदा सुदूरपश्चिमबासी थप आक्रोशित भएको बताएका छन्। साउदले प्रधानमन्त्रीको यो अभिव्यक्तिले अनुसन्धानसमेत प्रभावित हुने जिकिर गरेका छन्। 

आखिर त्यस्तो के भनेका थिए प्रधानमन्त्रीले ? यो समाचार पनि पढ्नुस्  निर्मला हत्याकाण्डबारे प्रधानमन्त्री ओलीले गरे बम दिदीबहिनीको बचाऊ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ