arrow

प्रचण्डको दिल्ली भेटघाटमा ओलीको निगरानी

दिल्लीमा सत्तापलटको कुरा, काठमाडौँमा खैलाबैला

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ भदौ २३ शनिबार
oli-prachanda.gif.gif

काठमाडौं। भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले हिजो (शुक्रबार) नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपालमा सत्तापलट अहिलेलाई हुदैन भन्ने प्रतिक्रिया दिएपछि लगत्तै त्यसको झट्का बालुवाटारसम्म आइपुगेको छ। दिल्लीमा  प्रचण्डले दिएको त्यो अभिव्यक्तिले सतहमा केहि नदेखिएपनि प्रधानमन्त्री केपी ओलीका मनमा पनि चिसो पसेको बालुवाटार स्रोतको दाबी छ।

नेकपा र सरकारको उच्च नेतृत्वमा रहेका पनि धेरै थोरैलाइै मात्र थाहा छ प्रचण्डलाई भारत नजान प्रधानमन्त्री ओेलीले आग्रह गरेको कुरा। प्रचण्ड चीन र भारत जाने भनेर समाचार आएदेखि नै ओलीले या वा त्यो बहाना बनाएर प्रचण्डलाई भारत नजान आग्रह गर्दै थिए। तर त्यो सम्भव भएन र बिहीबार उनी भारत उडे। तर जानु अघि यो एउटै पार्टीका दुई अध्यक्षबीच कुराकानी भएको थियो। त्यस भेटका क्रममा प्रचण्ड भारत जाने तर सत्ता राजनीतिका बारेमा कुनै कुरा नगर्ने सहमति भएको थियो। तर त्यसो हुन भने सकेन। प्रचण्डले यस विषयमा हिजो नै सार्वजनिक भाषण गरेका थिए। उनले भनेका थिए, ओली र मेरोबीचमा सहमति भएको छ त्यसैले अहिलेलाई सरकार परिवर्तन हुदैन । 

नेपालको सत्ताको बारेमा भारतमा गएर यसरी प्रतिक्रिया दिने काम नयाँ त होइन, बिगतमा पनि भएकै हो। भारतमा गएको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्षमात्र नेपालमा संविधान सांशोधन तथा सत्ताको विषयमा बोल्दा नेपालमा कम्युनिष्ट पार्टीका नेताहरुले मुद्दा बनाएका थिए। नेपालको सत्ता राजनीतिको भाषण भारतमा गएर गरेको भन्ने मुद्दा उनीहरुले बनाएका थिए। तर अहिले भने ओली र प्रचण्डबीच सत्ताको कुरा गर्दा सकारात्मक नै भएपनि त्यसले अर्कैतर्फ बहस शुरु हुन्छ त्यसैले त्यस विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिने भन्ने बारेमा सहमति भएको थियो। तर प्रचण्डले भने भारतमा रहेका नेपाली समुदायको सभामा बोलेको भन्ने निहूँ पारेर यस विषयमा कुराकानी गरेका छन्।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीलाई चीनले बडो शंकाको दृष्टिले हेर्न थालेको थियो। त्यसैले गर्दा पनि उनले दुई महिना अघि भएको चीन भ्रमणका क्रममा आफूसँग भएको कुराकानी र भ्रमण दिइएको महत्वबाट पनि थाहा पाएका थिए। त्यसैले उनले यो पछिल्लो समयमा चीनतर्फ बढी गृहकार्य गरेका थिए। जसको परिणामस्वरुप चीन र नेपालबीच पारवाहनसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। यसको उपभोग नेपालले गर्न सक्यो भने भविश्यमा नेपाललाई फाइदा नै हुने भए पनि हालै चीन गएर आएपछिको हतारोमा यतिखेर प्रधानमन्त्री ओलीले अघि बढाएको प्रोटोकलमा हस्ताक्षरप्रति दक्षिणको हेराई बडो उत्सुक पाइएको बताइन्छ। 

हालैमात्र नेपालमा सम्पन्न भएको विमस्टेक बैठकप्रति भारतको ठूलो चासो थियो। नेपालमा यो बैठक राखेर पाकिस्तानलाई देखाउने भारतको चाहना पूरा भएको छ। यसका लागि आयोजक तथा अध्यक्ष राष्ट नेपालले भन्दा भारतले बढी चासो राखेको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । यसै मेसोमा आफू नै प्रत्यक्ष उपस्थित भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने भारतमा विमस्टेक देशको संयुक्त सैन्य अभ्यासका लागि ओलीलाई मनाउने प्रयत्न गरेका थिए। विमस्टेक सम्मेलनमा यो पारित पनि भयो। तर मोदी भारत पुग्नासाथै यता संसदलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले ओलीले भने संयुक्त सैन्य अभ्यासको कुरा सो सम्मेलनको कुनै एजेण्डा नै नरहेको भनी दिएको अभिव्यक्तिले भने दक्षिणलाई चकित पारेको छ। यता नेपालका सुरक्षा विज्ञहरु पनि विमस्टेकको शिखर सम्मेलनमै पारित भएर नेपाली सेनाले यस सैन्य अभ्यासका विषयमा तयारी थालिसकेका बेला संसदमा प्रधानमन्त्री ओलीले किन त्यसो बोल्नुभएको हो भन्ने बारेमा आश्चर्य व्यक्त गरेकाछन् । 

यहि बीचमा वामदेव गौतम राजनीतिक चर्चामा छन्। गौतम सम्भावित राजनितिक खेलाडीकव रुपमा अघी आउन सक्छन। त्यसैले बामदेव गौतम यतिखेर सांसद बन्ने चर्चा पनि चलेको छ। यसमा उनी सहमत पनि छन्। त्यसैले लामो समयसम्म सरकारको विरुद्धमा मिडिया या अन्यत्रबाट पनि ठूलो आलोचना आइरहेको भए पनि बामदेव र माधव नेपाल मौन छन्। माधव नेपाल ५ नम्बर प्रदेश र अन्यत्र पनि समानान्तर कमिटी गठन गर्छु भन्दै हिँड्ने काम पनि थोरै धेरै ओलीलाई एक्लाउने रणनीति अन्तर्गत भएको बुझिन्छ। 

पछिल्लो समयमा ओलीको विकल्प पार्टी भित्र र वाहिर पनि खोजिँदै गरेको हल्लामा सत्यता रहेको जानकारहरु बताउँछन्। यसका लागि प्रचण्ड र बामदेवसहितको गठबन्धनको निर्माणको चर्चा पनि छ। यो कुराको आँकलन गरेर नै ओलीले प्रचण्डलाई भारत नजानु भनेको वालुवाटार स्रोतको दावी छ। त्यसमा पनि सकेसम्म मोदी या केन्द्रीय सरकारका प्रभावशाली मन्त्रीलाई भेट्ने काम नगर्न भनेको भए पनि दिल्लीको नेपाली दूतावास एक कदम अघि बढेर मोदी सहित महत्वपूर्ण भेटघाट मिलाएको थियो। अहिले नेपालको सत्ताकै बारेमा भारतमा कुराकानी भएको आशंका बालुवाटारमा छ र यसले गर्दा बालुवाटार र कम्युनिष्ट पार्टीभित्र पनि खैलाबैला मच्चिएको स्रोतको दाबी छ। प्रचण्ड भारतमै रहेका बेला नेपाली सेना सैन्य अभ्यासमा नजाने प्रधानमन्त्रीले सेनालाई निर्देशन दिएको कुरा पनि बाहिर आएको छ। सैन्य अभ्यासमा नजाने कुरा प्रधानमन्त्री ओलीको भारतलाई दवावमा राख्ने रणनीति अन्तर्गत भएको बुझाइ पनि छ। 

केही समयअघि मात्र पनि श्रीमतीको उपचार गराउने निहूँमा प्रचण्ड सिंगापुरमा १२ दिनसम्म बसेका थिए। त्यहाँ उनले भाजपाका नेताहरुसँग गोप्यवार्ता गरेका थिए। यो कुराले मनमा चिसो पसेपछि ओलीले प्रचण्डलाई भारत जानबाट रोक्ने कूटनीतिक प्रयास गरेका थिए। ओलीको यो कूटनीति बुझेका प्रचण्डले पनि एक कदम अघि बढेर आफू भारतमात्र होइन चीन पनि जान लागेका बताएका थिए। अब यसपछि प्रचण्डको चीन भ्रमण पनि तय भएको स्रोतको दाबी छ। तर पनि हिजो र आज नयाँ दिल्लीमा भएका हाइ प्रोफाइल भेटघाट र गत बुधबार भएको सहमति भन्दा फरक प्रचण्डले शुक्रवार दिएको राजनीतिक भाषणले भने यता ओलीलाई टाउको दुख्न थालेको छ। यसकारण पनि प्रधानमन्त्री ओलीले दिल्लीमा भेटघाटमा व्यस्त प्रचण्डको निगरानी गर्न लगाएको चर्चा नेपाली दुतावास दिल्लीमा व्याप्त छ।          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ