arrow

कांग्रेस मिलेमात्र विपीप्रति सच्चा श्रद्धाञ्जली – पूर्वमहामन्त्री सिंह 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
prakashman-singh1.jpg

वीरेन्द्रनगर । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई थप सशक्त बनाउन एक जुट हुनुपर्नेमा जोड दिएका छन् । 

नेपाली काँग्रेसले विपी कोइरालाको १०५ औं जन्मजयन्ती देशैभर मनाइरहँदा सो क्रममा सुर्खेत पुगेका नेता सिंहले एक आपसमा मिलेमात्र काँग्रेस सशक्त पार्टी बन्न सक्ने धारणा राखे । 

उनले विपीको सिद्धान्त आत्मसात गरी अगाडि बढ्न सकेमात्र विपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 

पूर्व महामन्त्री सिंहले नेतृत्वका कारण अहिले काँग्रेस धरासायी भएको भन्दै नेतादेखि कार्यकर्तासम्मले नेतृत्वले कमकमजोरी सुधार गर्नुपर्नेमा जोड दिएको पनि बताए । 

यसअघि वीरेन्द्रनगरको बुलबुलेमा वृक्षारोपण गरिएको थियो । कार्यक्रममा केन्द्रीयदेखि स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ