arrow

लागुऔषधसहित कारोबारमा संलग्न दुई जना पक्राउ 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
lagu-aaushad.JPG

काठमाडौं । प्रहरीले लागुऔषधसहित कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार बिहान विज्ञप्ति जारी गर्दै लागुऔषध कारोवारीहरुलाई पक्राउ गरेको जनाएको हो । 

प्रहरीले भदौ २२ गते बिहान ५ः३० बजे मनप्र प्रभाग नागढुङ्गामा बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधन चेकजाँच गर्ने क्रममा चन्द्रागिरी नगरपालिका २ मा बुटबलबाट काठमाडौं आउँदै गरेको लु १ ख ७२४० नम्बरको यात्रुबाहक बस चेकजाँच गरी सोही बसमा यात्रा गरी आएका रुपन्देही सैनामैना नगरपालिका  १ घर हुने वर्ष २३ का दिलिप चौधरीले लिई आएको झोला शंका लागी चेकजाँच गर्ने क्रममा झोला भित्रबाट लागुऔषध नाईट्राजेपाम ८० ट्यावलेट, कोरेक्स १ शिशि र स्पास ५८ ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । चौधरीलाई नियन्त्रणमा लिइ मनप्र वृत्त थानकोटबाट अनुसन्धान भईरहेको जनाइएको छ । 

त्यस्तै शनिबार बिहान ३ः१५ वजेको समयमा सुनौलीबाट काठमाडौं आउँदै गरेको लु१ख८७०९ नम्बरको बस चेक गर्दा रामेछाप गोकुलगंगाका २२ वर्षे जीवन खडकालाई चेकजाँच गर्दा झोलामा लुकाएर ल्याएको डाईजेपाम २०एम्पल,  फेनारगन २० एम्पल, नुर्फिन १८ एम्पल र २०३ट्याबलेट नाईट्राजेपाम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ