बेगनास ताल डुंगा दुर्घटना : ५ जनाको शव भेटियो, एक जनाको खोजी हुँदै
मृतकको संख्या ७
प्रकाशित २०७५ भदौ २४ आइतबार
685
Shares
कास्की । पोखराको बेगनास तालमा डुंगा दुर्घटनामा बेपत्ता भएकामध्ये थप ५ जनाको शव फेला परेको छ । खोजीका क्रममा १७ वर्षकी मनिष कँडेल, ४ वर्षका रञ्जित गैरे, ५ वर्षका प्राचीन पौडेल, ६ वर्षका शंकर खनाल र ८ वर्षका शिव खनाल को शव भेटिएको हो । बेपत्ता भएका ३२ वर्षका रवि खनालको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
रविले डुुंगा चलाउँदा डुबेको थियो । रबी खनाल नेपाली सैनिक हुन् । डुुंगासँगै डुेबकामध्ये हिजै चार जनाको उद्दार गरेर लेखनाथ लायन्स अस्पताल लगिएकोमा २ जनाको उचपारकै क्रममा मृत्यु भएको थियो ।
शनिबार उद्दार गरेर अस्पताल लगिएका तनहुँ भीमादकी ३२ वर्षिय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षिया कृष्णकुमारी कडेंल बजगाईको उपचारकै क्रममा मृत्युु भएको हो । सपना खनाल र निशा पौडेललाई भने स्थानीयले उद्दार गरेका थिए । डुंगा चलाउने सीप नभएकोले चलाएको र डुंगा चुहिने भएका कारण डुंगा डुबेको प्रहरीको भनाई छ । बेगनास तालको लिब्दी टुडँमा डुंगा डुबेको हो । उनीहरु लाइफ ज्याकेट नलगाइकनै डुंगा लिएर गएका थिए ।