मिश्रकाे ढुक्ढुकी बढ्न सुरु, मुखैमा अाइपुग्याे संसदीय सुनुवाई
प्रकाशित २०७५ भदौ २४ आइतबार
215
Shares
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रबारेकाे संसदीय सुनुवाई साेमबार हुँदैछ । सङ्घीय संसद् अन्तर्गतकाे संदीय सुनुवाई समितिमा मिश्रविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाबारेमा सुनुवाई हुन लागेको हो ।
समितिको अाइतबार बसेकाे बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरबारे उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाईका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका छन् । तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी विवरण लिएकाे छ । यसअघि, प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उनकाे नाम अस्वीकृत गरेको थियो ।
जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशका रूपमा रहेका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । सर्वाेच्चमा नियुक्तिकाे राेलक्रम अनुसार वरिष्ठता गणना हुन्छ भने, प्रधानन्यायाधीश सिफारिस गर्दा वरिष्ठता हर्ने गरिन्छ । मुखैमा संसदीय सुनुवाई अाइपुगेपछि कायम मुकायम प्रधानन्यायाधीशकाे जिम्मेवारी सम्हालिरहेका मिश्रकाे ढुक्ढुकी बढ्न सुरु भएकाे छ ।