arrow

जापान पठाईदिन्छु भनी २८ जनालाई ठग्ने गिरोहका मुख्य नाइके पक्राउ 

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
arest-thag.jpg

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जापान पठाइदिन्छु भनी २८ भन्दा बढी व्यक्तिलाईउ ठग्ने मुख्य नाईकेलाई नै पक्राउ गरेको छ ।

सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिन्छु भनी प्रतिव्यक्ति ७ देखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड, ३१ लाख ५० हजार रुपैयाँ ठगि गर्ने सिन्धुपाल्चो मेलम्ची नगरपालिका–१३ का सविन प्रकाश दनुवारलाई व्यूरोको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । 

विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष  एवं संञ्चालक हुँ भनेर उनले एक व्यक्तिबाट ७ देखि १२ लाख उठाएका थिए । यसअघि यही मुद्दामा पीडितले दिएको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर-७ घरभई अहिले जोरपाटी चामुण्डा वस्ने ३३ वर्षिया सरिता गुरूङ र जिल्ला उदयपुर, त्रियुगा नगरपालिका –९ घरभई अहिले नेपालटार बस्ने वर्ष २३ का लाल मणि दनुवारलाई गएको माघ ८ र ९ गते  पक्राउ गरिएको थियो । 

उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पोहोर माघ २९ गते १० लाख धरौटी माग गरेको थियो । सरिता गुरूङले तिर्न सकिनन् र जेल चलान् भईन् । लाल मणीले १० लाख धरौटी राखी तारेखमा छुटे । मुख्य नाइके भनिएका सविन प्रकाश दनुवार  फरार थिए ।

अनुसन्धानवाट खुलेका तथ्यहरू 
–विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा.लि.को मुख्य काम सुरक्षा गार्डको तालीम दिनु रहेकोमा सो नामको कार्यालयबाट जापानमा कृषी सम्बन्धी काम आएको छ, वर्किङ्ग भिसामा पठाई दिन्छु भन्दै पीडितहरूलाई प्रलोभनमा पारेको ।
–जापानमा प्रति महिना १ लाख २१ हजार ३३३ रूपैयाँ तलब हुने भनी बताएको । 
–चावहिलमा अवस्थित विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा.लि.मा रोजगारीमा जापान जानेहरूको लागि नेपाली तथा जापानी प्रशिक्षक समेत बोलाई जापानीज भाषा सिकाएको ।
–पीडितहरूलाई विश्वास दिलाउन सविन प्रकाश दनुवारले आफ्नो सालो नाता पर्ने लालमणि दनुवारलाई समेत जापान पठाउन लागेको भनी जापानीज भाषा कक्षामा सहभागी गराउने गरेको ।
–ठगी पश्चात सविन प्रकाश दनुवार फरार भई थाईल्याण्डको बैंकक तथा भारतको विभिन्न स्थानहरूमा लुकि छिपी बस्दै आएको खुल्न आएकोले सविन प्रकाश दनुवारको अन्तराष्ट्रियस्तरमा खोजतलासका लागि Interpol NCB Kathmandu मार्फत Diffusion Notice का लागि अनुरोध भएकोमा Interpol Headquarters ले सविन प्रकाश दनुवारको नाममा २०७५।४।१० गते Diffusion Notice जारी गरेको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ