सीपेक पाकिस्तानको आर्थिक भविष्य : पाकिस्तानी सेना प्रमुख
प्रकाशित २०७५ भदौ २७ बुधबार
543
Shares
इस्लामाबाद। पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन्। पाकिस्तानका लागि चिनीयाँ राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट गरे।
बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा चीनसँग नयाँ सम्झौता गर्ने तयारी गरेको समाचार प्रकाशन गरेको थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ६२ अर्ब डलरको सीपेक परियोजनाका बारेमा समीक्षा गर्न नौ सदस्यीय समिति पनि हालैमात्र गठन गरेका छन्। यो परियोजनाले चिनीया कम्पनीहरुलाई बढी लाभ पुर्याएको आक्षेप लाग्दै आएको छ।
यहीबीच, पाकिस्तान र चीनबीच आइतबार भएको मन्त्रिस्तरीय वार्तामा सीपेक परियोजनामा तेस्रो मुलुकका लगानीकर्तालाई पनि आमन्त्रित गर्ने सहमति भएको छ। एएनआई