arrow

निर्मला हत्या प्रकरणमा अनर्गल बोल्ने प्रधानमन्त्री ओली र प्रचण्ड विरुद्ध गगन, रमेश र विश्वप्रकाशको कडा प्रहार

प्रचण्डलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको प्रश्न, ' क्याक्टसमा फर्किने कि पुस्प कमल रहेरै फक्रीने ?'

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
gagan-bishwaprakash.png

काठमाडौं। निर्मला हत्या प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका नेताहरु आक्रमक बनेका छन्। 

निर्मलाको बलात्कार र हत्याको अपराधी खोज्न सरकार असफल भइरहँदा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपले महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने नियोजित कार्य वा षड्यन्त्र हुन् सक्ने अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरु आक्रामक भएका हुन्।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता रमेश लेखकले प्रचण्डको मानसिक दरिद्रताप्रति दया लागेको टिप्पणी गरिका थिए। लेखकले प्रधानमन्त्री ओली र प्रचण्डले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका थिए।

लेखकको अभिव्यक्ति आएको भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रचण्डलाई सामाजिक सञ्जालको कठघरामा खडा गराएका छन्। 

प्रवक्ता शर्माले प्रचण्ड क्याक्टसमा फर्किने कि पुस्प कमल रहेरै फक्रीने ? भनि प्रश्न गरेका छन्। प्रचण्डलाई प्रश्न गर्दै शर्माले भनेका छन, ' जे बोल्नुभयो के सहि बोल्नुभयो ? कि हलुका ढंगले बोल्ने यहाँकै पार्टीका अर्का नेताको शैलीको संक्रमणले अतिक्रमण गर्‍यो ?

शर्माले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको झै बिषयलाई हलुका ढंगले बोल्ने  संक्रमणले अतिक्रमण गरेको होकी भनेर प्रचण्डलाई सोधेका छन्। 

शर्माले भनेका छन्, ' यो दिब्यज्ञान ककसको हो ? सरकारको र नेकपाको पनि कि केवल यहाँको ?

प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्तामा निर्मला हत्या काण्डका विषयमा तथ्यहरुलाई नै तोडमोड गरेपछि त्यसो संसददेखि सार्वजनिक मञ्चहरुमा विरोध हुँदै आएको छ।

प्रधानमन्त्रीले नै तथ्यहरु र प्रमाणहरुलाई अतिरञ्जित गरेर दिएको अभिव्यक्तिको कांग्रेस सांसद तथा नेता गगन थापाले संसदमा विरोध गरेका छन। उनले अनुसन्धानलाई नै प्रभावित गर्नेगरि बोल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोध्ने हिम्मत राख्नुभएको भएन भन्दै गृहमन्त्री राम बहादुर थापा वादहसँग जवाफ मागेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ