मनसुन बिस्तारै कमजोर हुदै : वर्षभरीका लागि पुर्वानुमान गरेको वर्षा मनसुनमै
प्रकाशित २०७५ भदौ ३१ आइतबार
589
Shares
काठमाडौं । यसपालीको मनसुन बिस्तारै कमजोर हुदै गएको छ । मनसुन सकिने औसत समयावधि एक सातामात्र बाकी रहेकाले बिस्तारै कमजोर हुदै गएको छ ।
सामान्यतया मनसुन सेप्टेम्बर २३ मा सकिने भएकाले यो अवधि एक सातामात्र बाँकी रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद समिर श्रेष्ठले बताए । मनसुन सकिनलाग्दा दिनहु पानी परेपनि त्यसको मात्रा घट्दै जाने हुन्छ । त्यही अनुसार अहिले पानी पर्ने मात्रा कम हुदै गएको छ ।
सामान्यतया मनसुन सकिनै लाग्दा पानीपर्ने मात्रा कम हुदै जाने, हावा पश्चिमबाट पुर्व चल्न थाल्ने, सूर्यको किरण जमिनमा ठोक्किएर बाहिरिने अवस्था बढी हुनुपर्ने लयागतका गतिविधि सक्रिय हुनुपर्ने मौसमविद श्रेष्ठले जानकारी दिए ।
मनसुनमा बंगालबाट सुरु भएको वायु पूर्वबाट पश्चिमतर्फ सर्ने गर्छ भने मनसुन सकिदा यो वायु परिवर्तन भई पश्चिमबाट पूर्व सर्ने मौसमविद श्रेष्ठको भनाई छ ।
मनसुन सकिने मुख्य अबस्था भनेकै पश्चिमी वायु बलियो हुदै जानुपर्ने हो । अहिले दिउसोको हावा पश्चिमबाट पुर्वतर्फ चल्न सुरु गरेपनि बिहानमा यो सक्रिय हुन सकेको छैन । केही दिनमै यो सक्रिय हुदै जाने पनि श्रेष्ठको दाबी छ ।
मनसुनमा काठमाडौ उपत्यकामा अनुमान गरेभन्दा बढी बर्षा
यसपालीको मनसुनमा काठमाडौ उपत्यकामा औसत भन्दा बढी वर्षा भएको छ । देशभरी नै यसपाली औसतभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो मनसुनको समयमा विगतका वर्षमा भन्दा बढी ११ सय मिलिमिटर वर्षा हुने विभागले पुर्वानुमान गरेपनि १२ सय मिलिमिटर भन्दा बढी वर्षा भएको विभागका मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभएको छ ।
विभागले औसतभन्दा बढी ११ सय मिलिमिटर वर्षा हुने पुर्वानुमान गरेको थियो भने मनसुनको अन्त्यमा पुर्वानुमान गरेभन्दा पनि बढी १२ सय भन्दा बढी वर्षा भएको छ ।
वर्ष भरीका लागि पुर्वानुमान गरेको वर्षा मनसुनमै भएको पनि श्रेष्ठको ठम्याइ छ । उपत्यकामा यो वर्ष भरी भने १४ सय वर्षा हुने पूर्वानुमान गरेको छ ।