arrow

श्रमिक आपूर्तिकर्ताको ऐतिहासिक साधारणसभा

logo
प्रकाशित २०७५ असोज १ सोमबार
image006.jpg

काठमाडौं । नेपाल श्रमिक आपूर्तिकर्ता संघको काठमाडौं जिल्ला शाखाले पहिलो साधारणसभा सम्पन्न गरेको छ । संघको प्रथम तथा ऐतिहासिक वार्षिक साधारण पुरानो वानेश्वरस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको महासचिव भरतप्रसाद संग्रौलाले जनाएका छन् । 

साधारणसभाले आफ्नो उद्धेश्यअनुसारको संस्थागत एवम् प्रकृयागत निर्णय लिनुको साथै श्रमिक आपूर्तिकर्ताका सामु देखापरिरहेका महत्वपूर्ण कानुनी एवम् व्यवहारिक समस्याहरुका बारेमा समेत घनिभूत छलफल भई सर्वसम्मतिबाट महत्वपूर्ण निर्णय गरेको संग्रौलाले जनाए । 

हालसम्म नभएको अत्यधिक मात्राको धरौटी राख्नु पर्ने व्यवस्था, एउटा श्रमिक आपूर्तिकर्ता कम्पनीले बढीमा दुई वटा मात्र काम गर्न पाउने व्यवस्था लगायत अन्यायपूर्ण कामको सूची प्रकाशित गर्ने सरकारी तयारीको सन्दर्भ लगायतका कुराहरुको आमव्यवसायीहरुको वृहत्तर हित हुनेतर्फ सम्बद्ध सबै पक्षको सहयोग प्राप्त गरी प्रचलित कानुन र नेपालको संविधान को विपरित हुने कुराहरुमा संघले अटल अडानलिई अगाडि बढ्ने कुरालाई वार्षिक साधारण सभाले अनुमोदन समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

संक्रमणीय परिस्थितिका वावजुद छोटै समयमा श्रमिक आपूर्तिकर्ताहरुको आवाजलाई बुलन्द बनाई श्रम बजारको एउटा अग्रणीअङ्गको रुपमा “नेपाल श्रमिक आपूर्तिकर्ता संघ”लाई सघाउ पुर्याएकामा संघका सम्पूर्ण तदर्थ समितिका सदस्यहरुलाई धन्यबादसमेत ज्ञापन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ