सुडानमा शान्ति स्थापनामा खटिएका सैनिक जवानलाई गोली लाग्यो, स्थिति खतरामुक्त
प्रकाशित २०७५ असोज १ सोमबार
588
Shares
काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ ।
सेनाले घाइते जवानको नाम सार्वजनिक भने गरेको छैन । भाद्र ३० गते स्थानिय समय अनुसार विहान करिब साँढे ८ बजे उनलाइ गोली लागेको हो । उनलाई खुट्टामा गोली लागेको हो ।
दक्षिणी सुडानको यी भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भईरहेको पनि निर्देशनालयले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
उक्त गोली दक्षिण सुडानको पीपुल्स लीवरेसन आर्मीका जवानबाट चलाएको बुझिएको सेनाको विज्ञप्तीमा उल्लेख छ ।