arrow

बनेपाबाट ल्याइएको ५० फिट लामो लिङ्गो भोटाहिटीबाट हनुमानढोका पुग्यो  

logo
प्रकाशित २०७५ असोज १ सोमबार
lingo.jpg

काठमाडौं । ईन्द्रजात्राका लागि बनेपाको नालाबाट ल्याइएको ५० फिट लामो  लिङ्गोलाई भोटाहिटीबाट हनुमानढोका प्रवेश गराइएको छ । सोमबार बिहान १० बजेर १७ मिनेटको साइटमा लिङ्गोलाई भोटाहिटीबाट हनुमानढोका प्रवेश गराइएको हो ।
सोमबार नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार विहान ८ बजेर ५ मिनेटमा ईन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत रहेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

साइतमा बसन्तपुरमा यसि अर्थात लिङ्गोलाई ठड्याएपछि यसवर्षको इन्द्रजात्रा विधिवत रुपमा शुरु हुनेछ । इन्द्रजात्राका लागि काठमाडौंको हनुमानढोकामा ठड्याइने ५० फिट लामो लिंगोलाइ बनेपाको नालादेखि तानेर भदौ २९ गते  भोटाहिटी पुर्याइएको थियो ।

गएको भदौ २६ गते राति लिंगोका लागि आवश्यक रुख बनेपाकोे नाला जंगलबाट मानन्धर समुदायले काटेको थियो । मानन्धर समुदायले लिंगोका लागि रुख काटने देखि, हनुमानढोका पुर्याउने लगायतका ईन्द्रजात्राका विभिन्न गतिविधिमा महत्वपूर्ण भूमिका हुन्छ । साथै कुमारी घरमा ईन्द्रजात्राका लागि आवश्यक १०८ प्रकारका मिठाई बनाउने काम सुरु भएको छ ।

ईन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ ।  ९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराईने बताइएको छ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा ईन्द्रध्वजपतन अर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ । 

इन्द्रजात्रा एक सातासम्म मनाइने भएपनि यसका लागि एक महिना अघिदेखि विभिन्न तयारी गरिन्छ । असोज १२ गते शुक्रबार तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रजात्रा अवलोकनका लागि यसपाली काठमाडौ महानगरपालिकाले २२ राष्ट्रका महानगरप्रमुखलाई जात्रा अवलोकनका लागि  आमन्त्रण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ