arrow

न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीलाई मातृशोक

logo
प्रकाशित २०७५ असोज १ सोमबार
gangadhar_parajuli-mother.jpg

पोखरा। न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका पूर्व सञ्चालक सदस्य गङ्गाधर पराजुलीलाई मातृशोक परेको छ।

पराजुलीकी माता ९३ वर्षीय कलावती पराजुलीको उपचारका क्रममा गण्डकी मेडिकल शिक्षण अस्पताल पोखरामा आज निधन भएको हो। उच्च रक्तचापको समस्या भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो। स्व पराजुलीका चार छोरा र एक छोरी छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ