arrow

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा तीन जनाको नाम सिफारिश

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
NAMS-news.jpeg

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डि एन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ ।

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका हुन् ।

अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्नेछन् । कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम चयन गरिएको हो भने। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ