arrow

संविधान दिवसको अवसर पारेर पाँचथरमा प्रभात फेरि

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असोज ३ बुधबार
panchtar.png

पाँचथर । संविधान दिवसको अवसर पारेर पाँचथरमा प्रभात फेरि निकालिएको छ । संविधान दिवस जिल्ला समारोह समितीले झाँकी,ब्यानर र प्लेकार्ड सहित प्रभातफेरि निकालेको हो ।

फिदिम नगरपालिकाको कार्यालयले संयोजन गरेको प्रभातफेरिमा जिल्लाका राजनितीक दल,जनप्रतिनिधीहरु,सरकारी गैरसरकारी कार्यालय संघ संस्था,नागरिक समाजका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रभात फेरि फिदिम बजार परिक्रमा गरी शहिद मंचमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई जिल्ला समन्वय समिती प्रमुख बिष्णु प्रसाद सापकोटा,नेकपाका नेता राजकुमार भण्डारी,नेपाली काग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

यस्तै दिवसको अवसर पारेर कर्मचारी र राजनितीक दल विच मैत्रीपूर्ण फुटबल,साहित्यीक कार्यक्रमको आयोजना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ