arrow

संविधान दिवसमा प्रभात फेरि

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ असोज ३ बुधबार
prabhat.jpg

झापा ।संविधान दिवसको अवसर पारेर बुधबार गौरादह नगरपालिकाले  प्रभातफेरि तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

नगर परिसरबाट बाजागाजा सहित निस्किएको प्रभातफेरिमा नगर प्रमुख,  उप-प्रमुख , वडा अध्यक्ष हरु , वडा सदस्य हरु , भिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, गौरादह कृषि क्याम्पसका विद्यार्थीहरु सहित आम नगरबासि हरुको सहभागिता रहेको थियो ।

प्रभातफेरि  डिपु चोक गौरादह बजार हुँदै पुन नगर  परिसरमा आएर शुभकामना सभामा रुपान्तरण भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली कांग्रेस क्षेत्रीय सचिव सुर्यभक्त सिटौलाले  संविधान जारी गर्नुमा पुर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको  मुख्य योगदानको चर्चा गरे।

साथै एकातिर संविधानको उत्सब मनाइरहदा देशकै केही भागमा भने बिरोधका आवाज हरुपनी सुनिनु दुखदाइ भएको जिकिर गरे। शुभकामना मन्तब्यकै क्रममा नेकपा गौरादह  नगर अध्यक्ष मित्र देब काफ्लेले संविधान भनेको परिबर्तनशिल दस्ताबेज भएकोले यसलाइ समय र जनचाहना अनुरुप आवश्यक बुदाहरुमा परिबर्तन गर्दै लैजान आवस्यक रहेको र यसै संविधानको आडमा रहेर  देशमा  ऐतिहासिकता स्थानीय र केन्दृय तहको निर्वाचन सफल भएकोले यसलाइ संस्थागत गर्नतर्फ सबै एकजुट भइ लाग्नुपर्ने कुरामा जोड दिए ।

मन्तब्यकै क्रममा नगर उप- प्रमुख गिता भेट्वालले संविधान तथा ब्यबहारिक कृयाकलापमा गल्ती कमजोरी हुने गरेकोले त्यसलाई सुधारगर्दै लानका निमित्त  सबैको साथ र सहयोग आवस्यक रहेको अबगत गराए ।

कार्यक्रमका  सभापती तथा नगरप्रमुख रोहित कुमार साहले संविधानको जगेर्ना गर्दै समुन्नत र दिगोबिकास तर्फ अघि बड्नुपर्ने धारणा सहित नगरबासिका निमित्त जारी शुभकामना बाचन समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ