arrow

निर्मला पन्तको न्यायको निम्ति त्रिबी परीसरमा उत्रिए विद्यार्थी

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
Nirmala-Pant.jpg

काठमाडौं । निर्मला पन्तको न्यायको निम्ति  त्रिभुवन विश्वविद्यालयका विद्यार्थी न्यायको माग राख्दै त्रिबी परीसरमा उत्रिएका छन् ।

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई गिरफ्तारको माग गर्दै  त्रिभुवन विश्व विद्यालयका विद्यार्थीले दबावपूर्ण र्‍याली समेत निकालेको हो । घडी भवन अगाडि  बाट निकालिएको र्‍याली कृतीपुर बाजार अगाडि कोण सभा गरि सम्पन्न भएको हो ।


निर्मला हत्याको ५४  औं दिन हुदा पनि यसको सत्यतथ्य पत्ता लाग्न सकेको छैन । हत्याकाण्डका अपराधिलाई यथाशिघ्र पत्ता लगाई कानुनको कठघारामा उभ्याई हदैसम्मको दण्डसजाय दिलाउन माग गरिएको छ । करिब दुई सय भन्दा बढी विद्यार्थीहरु को उपस्थितिको बीचमा बीरोध कार्यक्रममा प्रेस विज्ञप्ती कल्पना जोसीले बाच्न गर्नु भएको थीयो संगम बाबु मल्लको सभापतिमामा सम्पन्न भएको हो।

प्रहरी प्रशासनले वास्तविक अपराधीलाई पत्ता लगाउनुको साटो उल्टै वास्तविक अपराधिलाई बचाउन फितलो अनुसन्धानको नाटक रचिएको र जनताले न्यायका लागि गरेका शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले बल प्रयोग गरी दमन गरेको प्रति विद्यार्थीको ध्यानआकर्षक भएको जनाएका छन । र्‍यालीमा सहभागी विद्यार्थीहरुले हत्यारालाई कारबाहीको माग गरेका विभिन्न प्लेकार्डहरु बोकेका थिए भने बलात्कारीलाई फासि दे, निर्मलालाई न्याय दे भन्ने नारा लगाएका थिए ।

हत्याकाण्डको जती समय वित्दै गयो त्यति सबुद प्रमाणहरु नष्ट हुदै जाने र पिडितले न्याय पाउने सम्भावना न्यून हुदै गईगरहेको, प्रहरी प्रशासनको क्रियाकलापले नेपाली जनताको मनमा राज्य प्रति आशंका पैदा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ