arrow

संविधान मान्ने सितादेवीको घरमा आगो लगाउने फोरमका उपेन्द्र यादव सत्तामा, थोरै लाज त हुँदो हो !

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
sitadevi-house.jpg

सिरहा । २०७२ असोज ३ गते संविधान जारी भएको दिन संविधानप्रति असन्तुष्ट मधेशवादी दल आन्दोलमा थिए । सोही सिरहा सदरमुकाममा संघीय समाजवादी फोरम नेपालको उध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नारा जुलुस हुँदै थियो । जुलुसमा आएका आन्दोलनकारीले तत्कालिन कांग्रेस सिरहा सभापति तथा सांसद सितादेवी यादवको घरमा तोडफोड र आगजानी गर्‍यो ।

संविधानमा मधेशको असन्तोषलाई सम्बोधन गर्नुपर्छ भनेर बारम्वार संसदमा र सरकारसमक्ष आवाज उठाएपनि संविधान मानेको भनेर कांग्रेस नेतृ यादवको घरमा आक्रमण भयो । त्यसको अहिलेसम्म क्षतिपुर्ति पनि पाएको छैन् । मधेशी मोर्चाका नेताहरुले आफ्ना सभामा संविधान संसोधन त पुर्नलेखन माग उठाउँदै थियो । तर, संविधानमा न त संसोधन न त पुर्नलेखन भयो तैपनि संघीय समाजवादी फोरम सरकारमा गयो ।

स्वयं उपेन्द्र यादवले सभाहरुमा संविधान पुर्नलेखनको माग गर्दै आएका थिए । उनै यादव ०७४ निर्वाचनपछि बनेको सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्री बने । ३ वर्षपछि ०७४ असोज ३ गते संविधान जारीको भएको दिनलाई कालो दिवस मनाउँदैछन् तर, फोरमले न कालो दिवस न त संविधान दिवस मनाएका छन् ।

मधेशवादी दलले पटक पटक आन्दोलन सत्तामा पुग्नलाई गर्ने आरोप लाग्ने गरेको छ । ०६४ सालमा आन्दोलनबाट मधेशवादी दल निर्वाचनमा आएपछि चुनाव जिते । तर, त्यो संविधानसभा निर्वाचनबाट संविधान बनेन् । ०७० सालको निर्वाचनमा मधेशवादी दल नराम्री हार व्यहोरियो । फेरि ०७४ को निर्वाचनमा मधेशवादी दलले आन्दोलनबाट आएपछि चुनाव जित्यो ।

यसरी नै पटक पटक मधेशको ‘सेन्टिमेन्ट’ क्यास गर्न नै आन्दोलनको कर्माकाण्ड मात्रै गर्ने गरेको छ । जनतालाई मधेशको नाममा मधेशवादी दलले झुक्याउने गरेको कांग्रेस महासमिति सदस्य डा. सुभाषचन्द्र यादवको आरोप छ ।

संविधान मानेको भनेर घर जलाउनेहरु कसरी त्यही संविधानलाई टेकेर सरकारमा गएको छ । यो मधेशी जनताको सेन्टिमेन्टसँग खेलबाड भएको उनको तर्क छ । मधेशवादी दलले संविधान संसोधन नचाहेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ