arrow

नहरमा खाम्चाको शब फेला

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
Dead_Body.jpg.jpeg

पाल्पा । रामपुर फाँट सिंचाई आयोजनाको नहरमा निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुवासका पुनबिर खाम्चाको शब फेला परेको छ । डोको बुनेर गुजारा चलाउदै आएका खाम्चा उधारो डोकोको पैसा उठाउन रामपुर ३ टाडी औरीघाट तर्फ झरेकोमा बेपत्ता भएका उनको नहरको बाटो हुदै रामपुर तर्फ आउने क्रममा नहरमा खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 नहरमा पानीको बहाब धेरै रहेको र नहरको डिलको बाटो हिडेका उनी पानीमा डुबेर ज्यान गएको आफन्तीले बताएका छन् । मंगलबार बिहान हिडेका उनको शब बुधबार बिहान करिव साढे ६ बजेतिर रामपुर ७ किसानबारीमा रहेको नहरको साइफनमा अड्किएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।

 रामपुर अस्पतालमा शब पोष्र्टमाटमपछि मृतकका छोरा भिम बहादुर खाम्चालाई शब बुझाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ