arrow

दीपकराज जोशीलार्इ महाभियोग लगाउने तयारीमा नेकपा

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
deepak_joshi.jpg

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका बरिष्ठ न्यायाधीश दिपकराज जोशी न्यायाधीशका रूपमा सर्वोच्च अदालत फर्किएपछि महाभियोग लगाउने तयारी सुरु गरेको छ ।

जोशीलाई महाभियोग लगाउन नेकपाका सांसदरूले हस्ताक्षर संकलन शुरू गरेका छन् । नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको एक सांसदले जानकारी दिए। महाभियोगको प्रस्ताव शुक्रबार दर्ता गर्ने कार्यक्रम छ ।

हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन्। महाभियोगको प्रस्ताव दर्ता गर्न एक चौथाइ सांसद (८३ जना) को हस्ताक्षर आवश्यक पर्छ । संसदमा नेकपाका २१४ जना सांसद छन् ।

जोशी एक महिना भन्दा लामो समयपछि सर्बोच्च फर्किएका थिए । उनले सर्वोच्च फर्किनु अघि न्याय सम्पादन र न्यायालयमा असर नपुगोस् भनेर विदामा बसेको र अब सर्वोच्चले नेतृत्व पाइसकेकाले न्यायाधीशको रुपमा सर्वोच्च आउँदा कुनै फरक नपर्ने बताएका थिए ।

जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि उक्त संसदले बताए । उनले भने 'जोशीलाई राजीनामा दिन दबाब दिइएको छ। राजीनामा दिएर स्वैच्छिक रूपमा बाहिरिए महाभियोग भोग्नुनपर्ने उनलाई सुझाव दिइएको छ।'

पहिलो बरियतामा रहेका दिपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दोस्रो बरियतामा पुगेका छन् । रोलक्रममा उनी भन्दा पछि रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि उनी बरिष्ठताका हिसाबले दोस्रोमा परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ