arrow

मालदिभ्समा नेपाली युवतीको मृत्यु

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
maldives-prisoners.jpg

भद्रपुर ।झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए ।

सङ्गीताको शव शनिबार बिहान घर ल्याइपुर्‍याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए ।

 मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ