विराटनगर ।नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले चाडपर्वको बेलामा बजारमा हुनसक्ने मङ्हगीप्रति सरकारको ध्यान जाओस् भने।
उनले संविधानको मर्ममाथि कसैले प्रहार गरे कांग्रेसलाई मान्य नहुने भन्दै कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा सरकारले सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।
नेता सिंहले वर्तमान र भविष्यमा आइपर्ने चुनौतीलाई सामना गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर नदखिएको भन्दै पार्टीलाई गतिशील र एकढिक्का गराउन आवश्यक रहेको धारणा राखे। रासस