arrow

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा चित्रकार

logo
रासस,
प्रकाशित २०७५ असोज ६ शनिबार

काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २२औँ विशेष साधारणसभाले गोरखापत्रका फोटो पत्रकार राजेन्द्र चित्रकारको संयोजकत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। शनिबार यहाँ आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा समितिको रातोपाटी डट कमका कृष्ण खड्का, महासचिवमा राससका प्रदीपराज वन्त, सचिवमा हिमालय टाइम्स नेपालीका नवराज श्रेष्ठ, कोषाध्यक्षमा न्युज अभियानका लेखबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा नयाँ पत्रिकाका चन्द्रकला क्षेत्री भएका छन्।

सदस्यहरुमा कान्तिपुर दैनिकका नवराज वाग्ले, टुडे नेपाल न्युजका तेजबहादुर बस्नेत, लोकान्तर डटकमका सुशीला श्रेष्ठ, राजधानी दैनिकका मुकुन्द कालिकोटे, ‘रिपोर्टर्स क्लब डटकमका प्रदीप श्रेष्ठसहित अन्य विभिन्न सञ्चारमाध्यममा कार्यरत शोभा महर्जन, आर्यन धिमाल र राजेन्द्र थापा चयन भएका छन्।

कार्यक्रममा उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारका रुपमा स्थापित गराउने एनएफपिजेले खेलेको भूमिकाको स्मरण गरे।

अध्यक्ष आचार्यले महासङ्घ एनएफपिजेसँग सहकार्य र सहयोग गरेर अगाडि बढ्न तयार रहेको बताए। कार्यक्रममा पूर्वअध्यक्ष विकास रौनियार, कवीन्द्रमान शाक्य र राजभाइ सुवाल उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ