arrow

असुरक्षित भएको भन्दै धनकुटाका महिलाले प्रधानमन्त्री ओलीलाई पठाए सुरक्षा पत्र

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
dhankuta-mahila.JPG

धनकुटा । बालिका र महिलाहरु असुरक्षित भएको भन्दै नेपाल महिला संघले प्रधानमन्त्रीलाई  सुरक्षा पत्र समेत पठाएको छ । आइतबार नेपाल महिला संघ धनकुटाले नारा जुसुसहित जिल्ला प्रशासन कार्यालय धनकुटा पुगि सुरक्षाको माग गर्दै  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा पत्र पठाएको हो ।

सहिद भीम नारायण श्रेष्ठ स्मृती भवन नेपाली कांग्रेस पार्टी कार्यालय धनकुटाबाट महिला र बालिकाहरुको सुरक्षाका लागि माग गर्दै निस्किएको जुलुसले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरेको थियो ।

 जिल्ला प्रशासन कार्यालय धनकुटाको परिषदमा भएको सभामा १ नम्वर प्रदेशका सांसद तथा महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बा र नेपाली कांग्रेस धनकुटाको तर्फबाट पार्टी सचिव विजय सन्तोषी राई लगायतले वर्तमान सरकार बालिका र महिलाहरुको सुरक्षा गर्न नसकेको आरोप लगाउदै महिला हिंसाको घट्ना दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

प्रदेश १ का सांसद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बा,नेपाल महिला संघका निर्वमान केन्द्रिय सदस्य टिकादेवी भण्डारी,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्यहरु,अम्विका परियार, सुमना तिम्सिना,वडा नं. ४ का निर्वाचित महिला सदस्य दुर्गा निरौला अधिकारी,वडा नं. ६ का निर्वाचित सदस्य हिरा देवी राई लगायत महिला नेतृहरुले प्रमुख जिल्ला अधिकारी कार्कीको कायकक्षमा गै प्रधानमन्त्री ओलीलाई पठाईदिन आग्रह गर्दै उक्त सुरक्ष पत्र बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ