arrow

घाटी रेटी हत्या गरिएको अवस्थामा महिलाको शव फेला

logo
मुकेश यादव,
प्रकाशित २०७५ असोज ७ आइतबार
Mahila-hatya-new.jpeg

 बारा ।  बारामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । कलैया उपमहानगरपालिका १३ बलिरामपुरकी ४५ बर्षिया सियापति धोबिनको घांटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 
धोबिन शनिवार साँझ घास काटन गएकी र गए राति अबेरसम्म घर नफर्केपछि परिवारका सदस्यहरुले खोज तलाश शुरु गरेका थिए । खोज तलाश गर्दा पनि धोविनलाई उनीहरुले पत्ता लगाउन नसकेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

धोबिनको घाटी रेटी हत्या गरी पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फालिएको अवस्थामा फेला परेको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताईन ।

 मृत्तक धोबिनको श्रीमान रामबालक धोबी २ बर्षेदेखी बेपत्ता रहेको तथा उनका तीन छोरी र एक छोरा रहेको प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठौरले बताए ।

 मृत्तक धोबीनको हत्या धारिलो हतियारबाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको तथा यसबारे अनुसन्धान शुरु गरिएको बाराका प्रहरी उपरिक्षक चौधरीले बताईन ।

मृतक धोविनको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको उपरिक्षक चौधरीले बताईन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ