नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा केसी सर्वसम्मत
घनश्याम पौडेल,
प्रकाशित २०७५ असोज ८ सोमबार
313
Shares
सन्धिखर्क। नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको सातौ जिल्ला अधिवेशन तथा बाहौं साधारण सभाबाट अध्यक्षमा विरेन्द्र केसी सर्वसम्मत चयन भएका छन ।
जसको खुल्ला उपाध्यक्षमा सरिता भुसाल, समावेशी उपाध्यक्षमा शान्ता खासु, सचिवमा विष्णु खनाल, सहसचिवमा तेजेन्द्र पाण्डे र कोषाध्यक्षमा मेलिना सिंह ठकुरी चयन भएका हुन । सदस्यहरुमा विक्रम पाण्डे, सागर महत, गिता भण्डारी, कमला घिमिरे, मदन नेपाली र भुवनेश्वर अधिकारी चयन भएका हुन ।
केन्द्रीय पार्षदमा घनश्याम पौडेल, लक्ष्मण घिमिरे र नारायण पोख्रेल चयन भए । ४ जना खुल्ला र ३ जना महिला केन्द्रीय प्रतिनिधी चयन हुन बाकीँ छ । त्यस्तै प्रदेश पार्षदमा सुर्यप्रसाद भुसाल, शेषकान्त पोख्रेल, इन्द्रलाल रेग्मी, सुकदेव बेल्वासे चयन भएपनी अन्य पार्षदको चयन हुनँ बाकीँ छ ।
अधिवेशनको केन्द्रीय अध्यक्ष वद्री सिग्देलले उद्धघाटन गरेका हुन । अधिवेशन उद्धघाटन गर्दै सिग्देलले सरकारबाट पछिल्लो समयमा गरिएका काम निरङ्कुश भएको आरोप लगाएका छन ।
सरकारले ल्याएको संहिता प्रेसलाई नियन्त्रण मुखि संहिता ल्याएकोमा प्रेस युनियनको असहमति रहेको बताउँदै लोकतन्त्रले प्रेस, न्यायपालिका खुल्ला रहन दिनुपर्नेमा लोकतन्त्रको मर्म विपरित सरकार हिडेको बताए ।
२००७ सालदेखि लड्दै आएको लोकतन्त्र सवैको लागि समान हुनुपर्नेमा सरकार निरङकुशताको बाटोमा लागेको बताए । पत्रकारलाई समाचार लेख्न, फोटो खिच्न, अनुमति लिनुपर्नेमा नेपाल प्रेस युनियनको दबाबमा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएकोले सवै पत्रकार साथीहरूलाई सिग्देलले भन्नुभयो, प्रेस युनियन सधै श्रमजिवि पत्रकारहरूको लागि लडिरहने बताए । सरकारबाट यस्ता गतिविधि हुदाँ जनताले न्याय नपाउँने बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सरकारका पछिल्ला गतिविधी जनता विरोधी भएको आरोप लगाए । उनले सधैभरी कांग्रेस जनताको पक्षमा रहेको बताए । कांग्रेसले गरेका सही कामको प्रचारप्रचार कम भएकाले बढी भन्दा बढी प्रचारप्रसारमा ध्यान दिन मुस्कानले आग्रह गरे ।
कार्यक्रममा युनियनका प्रदेश संयोजक देवेन्द्र बर्मा, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, केन्द्रीय प्रतिनिधी गोपाल भण्डारी, पुर्व जिल्ला अध्यक्ष हरिबहादुर खड्का लगाएतले शुभकामना मन्तव्य राख्दै काँग्रेसले गरेका राम्रो कामको प्रचारप्रसार गर्नमा कुनै कसुर बाकी नराख्न आग्रह गरे ।
सोही अवसरमा नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले स्थापना गरेको जिपि कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार प्रेमनारायण आचार्य पुरस्कृत भएका छन ।
अर्घाखाँची जिल्लामा रही विगत १२ बर्ष देखि व्यवसायीक पत्रकारिता गर्दै आएका आचार्यले जिल्लामा रही विभिन्न विधामा उत्कृष्ट कलम चलाएको ठहर गर्दै प्रेस युनियन अर्घाखाँचीले नगद ११ हजार १ सय ११ रुपैया नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो ।