लोकतन्त्रलाई धरापमा पारेर कम्युनिष्ट शासन ल्याउने खेल भइरहेको छ : रिजाल
बिजय चौहान,
प्रकाशित २०७५ असोज ८ सोमबार
434
Shares
वीरगन्ज । नेपाली कांग्रेसका नेताहरुले मुलुकमा कम्युनिष्ट शासन ल्याउनका लागि नै अहिले दुइ तिहाइको सरकार बनाइएको आरोप लगाएका छन् ।
वीरगन्जमा सोमबार नेपाल प्रेस युनियन पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस केन्द्रिय सदस्यहरुले लोकतन्त्रलाई धरापमा पारेर कम्युनिष्ट शासन ल्याउने खेल भइरहेको बताए ।
उनिहरुले भने , कम्युनिष्ट शासन ल्याउनकै लागि सरकारको पक्षमा दुइ तिहाइको बहुमत पुरयाइएको हो , त्यसका लागि सरकार र सरकारमा रहेका दलहरुले वातावरण बनाइ रहेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले संघीयतालाइ असफल पारेर लोकतन्त्र धरापमा पारि कम्युनिष्ट शासन ल्याउनका लागि नै दुइ तिहाइको सरकार बनाइएको बताए ।
उनले न्यायलय , सुरक्षा निकाय र सन्चार जगत माथि हस्तक्षेप गरेर मुलुकमा कम्युनिष्ट शासन ल्याउने खेलमा वर्तमान सरकार र सत्तारुढ दलहरु लागि परेको बताए । उनले लोकतन्त्र र संघीयता दुवै अहिले खतरामा रहेको पनि बताए । तर लोकतन्त्र मास्ने र कम्युनिष्ट शासन ल्याउने अहिलेको दुइ तिहाइको सरकारको अभिष्ट भनेृ पुरा नहुने पनि रिजालले दाबी गरे ।
यद लोकतन्त्र मास्न खोजियो भने अहिलेको दुइ तिहाइको सरकार पनि आफै मासिएर जान्छ , उनले भने ,यदि जनताको मनोभावना र चाहना विपरित सरकार चल्न खोज्छ भने यो दुइ तिहाइ सरकारको पतन पनि निश्चित छ ।
सरकारले सम्पूर्ण अधिकार सघमा केन्द्रित गरेर प्रदेश र स्थानीय सकारलाइ कमजोर बनाइ रहेको पनि उनले बताए ।
कांग्रेसका अर्का केन्द्रिय सदस्य अजय चौरसीयाले पनि दुइ तिहाइको अहिलेको सरकारको अधिनायकवाद र तानाशाहीका कारण लोकतन्त्र नै धरापमा परेको बताए ।
कम्युनिष्ट शासन ल्याउनकै लागि दुइ तिहाइको बहुमत पुरयाउन नेृकपाले संघीय समाजवादी फोरमलाइ पनि सरकारमा लगेको उनले बताए ।
उनले भने , यो सरकारको पक्षमा दुइ तिहाइ बहुमत पुरयाउनुको पछाडि अर्कै कुनै शक्तिको हात छ , त्यसको भण्डाफोर कांग्रेसले गर्छ ।
दुइतिहाइ बहुमतको आडमा अहिलेको सरकार र सत्तारुढ दलले संसदीय र प्रधानमन्त्रीय प्रणालीलाइ संशोधन गरेर राष्टपतिय प्रणाली ल्याउने षडयन्त्रगरिरहेको भन्दै उनले भने , उनिहरुको मुल्य लक्ष्य भनेकै कम्युनिष्ट शासन ल्याउने नै हो ।
समाचार लेखेकै निहुमा पत्रकारलाइ थुनामा राख्ने सरकारको रवैयाले देशमा कम्युनिष्ट शासनको अनुभूती हुन थालिसकेको उनले बताए ।
तर कम्युनिष्टहरुको कम्युनिष्ट शासन ल्याउने अभिष्ट कांग्रेसले पुरा हुन नदिने दाबी पनि उनले गरे ।
प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कांग्रेस पर्साका सभापति अजय द्धिवेदी , प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल , उपाध्यक्ष बाला अधिकारी , महासचिव अजयबाबु शीवाकोटी , पूर्व सांसद राजेन्द्र बहादुर अमात्य , विधायक ओम प्रकाश शर्मा , पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतले अधिवेशन सफलताकाृे शुभकामना मनत्वय व्यक्त गरेका थिए ।