arrow

नेकपा प्रवेश गरे दाहाल 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
mahesh-dahal-ncp1.jpg

काठमाडौं। नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल मंगलबार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन्।

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने बताए। मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गरे।

नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक पनि हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ