arrow

भक्तपुरको प्रत्येक टोलमा दुईटा लिंगो ठड्याउने परम्परा १७ टोलमा सिमित 

सिद्धपोखरीमा इन्द्रायणीदेवीको जात्रा हजारौको भिड 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
bhaktapur1.JPG

भक्तपुर । प्रत्येक टोलमा ठडयाइएको लिंगोमा पुजा गरेर इन्द्रजात्रा पर्व मनाइदैछ । भाद्रशुक्ल द्धादशी का दिन भक्तपुरमा यमाद्य भन्दै प्रत्येक टोलमा दूइवटा लिंगो उभ्याइएको छ। भक्तपुरका १७ टोलमा एउटा ठुलो  इन्द्रको प्रतिकका रुपमा र अर्को सानो इन्द्रका छोरा जयन्तका रुपमा दूइवटा लिंगो ठडयाउने गरिएको संस्कृतिविद ओम धौभडेलले जानकारी दिए । 

गणेश चौथीका दिन इन्द्रका आमाले बिमिरो र पारिजात खोज्न मत्र्यलोकमा इन्द्र र उसका छोरा पठाएकोमा दुवैलाई चोर दोष लाएर बाधेको भन्दै दुई वटा लिंगो इन्द्र र जयन्तलाई बन्दी बनाएको प्रतिकका रुपमा ठडयाउने गरिएको किंवदन्ती छ । काठमाडौमा ३२ हात लामो एउटा लिंगो ठडयाइन्छ भने भक्तपुरमा टोलटोलमै इन्द्र र उसका छोरालाई सजाय दिने भन्दै दुइवटा लिगो ठडयाउने गरिएको धोभडेल बताउँछन् । 

मल्लकालिन समयमा २४ टोलमा लिंगो ठडयाउने परम्परा सुरु गरिएको भएपनि आजकल यो परम्परा १७ टोलमा मात्र सिमित भएको छ । यसका लागि पहिला छुट्टै गुठीको व्यवस्था गरेपनि आजकल जग्गाहरु निजिकरण हुँदै जादा परम्परा पनि हराउँदै गएको छ । 

एक सातासम्म मनाउने इन्द्रजात्राका दिन टोल टोलमा समयबजी बनाएर इन्द्रलाई चढाएर खुवाउने चलन छ । चिउरा संगै मासु, भटमास,बोडी,तोरीको साग, लसुन अदुवा, आलु सबै छुट्टा छुट्टै उसिनेर साँधेको हुन्छ । यसलाई नेवारी भाषामा समयबजी भन्ने गरीन्छ । इन्द्रजात्राका दिन सबै टोलबासी आगनमा जम्मा भई खाने चलन छ । 

इन्द्रजात्रामा इन्द्रको मात्र नभई इन्द्रायणी देवी , गणेश जात्रा , यामत जात्रा गरी टोल टोलमा भब्यताका साथ मनाइन्छ । 
भक्तपुरको सिद्धपोखरीमा सोमबारका दिन  इन्द्रायणी देवीको जात्रा गरेर इन्द्रजात्रा पर्व मनाइदैछ । भक्तपुरको खौमाटोलमा रहेको इन्द्रायणी देवीको जात्रा गरेर सिद्धपोखरीमा इन्द्रदहमा राखिएको छ । 

सोमबार बिहान सिद्धपोखरीमा मुख धोएर इन्द्रायणी देवीको दर्शन गर्नेको भिड लागेको छ । सोमबार बेलुका पुर्णिमा तिथी सुरु हुने भएकाले इन्द्रायणी देवीलाई पुजा गरी सिद्ध पोखरीमा हजारौ बत्ति बाल्नेको भिड लाग्यो ।वर्षभरिमा यो पोखरीमा एक दिन मात्रै स्नान गर्न छुट रहेको यस स्थानमा विहान हजारौ भक्तपुर नगरबासी पोखरीमा पुगेर स्नान गर्छन्। 
नगरकै सवैभन्दा ठूलो पोखरीमा यो दिन विहान स्नान गर्ने मात्रै नभई पौडी खेल्नेहरुको घुँंइचो लाग्छ। 

पोखरीको चारैतिर तल र माथि गरी दुई तलामा लहरै दियो राखी दीपावली गरिएको हो। दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिएको र बाँंकी सवै काम लागि एक सय भन्दा वढी स्वयमसेवक खटिएका  छन ।

मेलाको क्रममा भक्तपुर खौमास्थित इन्द्रायणी देवीलाई पोखरीमा पुयाइएको छ। खौमामा रहेको इन्द्रायणीलाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुयाइएको हो। पोखरीमा पु¥याएको देवताको स्वागतार्थ दीप प्रज्ववलन गर्ने परम्परा छ। 

यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले वढी सिद्धपोखरीको जात्राको रुपमा लिने गरेका छन् । इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले  सिद्धपोखरी मेला  भन्ने गरेको सस्कृतिविद ओम धौभडेलले जानकारी दिए । अर्का संस्कृतिविद तेजेश्वर बाबु ग्वंगका अनुसार रोपाइ सकेकाले अब पानी पुग्यो भनेर इन्द्रलाई सन्देश पु¥याउने रुपमा यो इन्द्रायणी मेला हुने गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ