काठमाडौं । नेपाली कांगेसभित्र झण्डा फेर्ने प्रस्ताव भएको छ । विधान संशोधन हुँदै गर्दा झण्डा पनि परिमार्जन गर्न प्रस्ताव गरिएको हो ।
प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ। पार्टी स्थापनाकालदेखिको चारतारे झण्डा परिमार्जन र परिष्कृत गर्न भन्दै प्राध्यापक एवं झापाका कांग्रेस नेता डा खगेन्द्र पाण्डव अधिकारीले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुझाव पेस गरेका हुन्।
उनले पुरानै झण्डामा रहेको चार ताराका बीचमा सेता भागभित्रै रूखलाई पनि राख्न सुझाएका छन्। अधिकारी झापा ५ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग पराजित भएका थिए ।