arrow

स्टार्ट बन्द भएपछि बजाजको स्कुटरमा किक हान्दा लाग्यो आगो

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
bajaj1.jpg

काठमाडौं । बजाजको स्कुटरमा किक हान्दा आगो लागेको छ । मंगलबार बानेश्वरबाट तीनकुने जाने क्रममा स्कुटरको स्टार्ट बन्द भएपछि  किक हान्दा आगो लागेको हो भने स्कुटर सवार व्यक्ति भने जोगिएका छन् ।

स्कुटरमा सुशोभित रञ्जितकार र सुजल भण्डारी सवार थिए । स्कुटर भण्डारीले चलाएका थिए । उनीहरु तीनकुने मार्बल लिन गएको भण्डारीले बताए उनले भने ' तीनकुनेको बजाज सोरुम पुग्ने बेलामा स्कुटरको स्टार्ट बन्द भयो । मैले स्टार्ट गर्न खोजे तर भएन र किक हान्दा आगो लाग्यो । निभाउन सकिएन केही समयकै स्कुटर जलेर खरानी भयो ।'

भण्डारी र रञ्जितकार बा २३ प ४३७० नम्बरको स्कुटर लिएर मार्बल किन्न गएका थिए । भण्डारीले भने 'घरवेटीको स्कुटर हो अब के गर्ने थाहा छैन।'  

पछिल्‍लो समय बजाजका बाइकहरुमा समस्या देखिने गरेका छन् । यसअघि बजाजको पल्सर बाइक बाटोमा अलि बढी गुडेर हल्का बढी तातो हुने बित्तिकै आगो लाग्ने गरेको पाइएको छ । नेपालगञ्जको व्यस्त सडक धम्बोझी–पुष्पलाल चोक नजिकै होटल पाहुना घर अगाडि सुर्खेत रोडको सडकमा चल्दा चल्दै मोटरसाईकलमा एक्कासी आगो लागेर मोटरसाइकल खाक भएको थियो ।

भे ५ प ९५०३ नं. को पल्सर मोटरसाइकलमा एक्कासी आगलागी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ