arrow

सत्ताधारी दलकै मेयर–उपमेयर रहेकाे नगरपालिकामा भ्रष्टाचार, त्यो पनि काठमाडौंमै

कार्यकारी अधिकृत एक लाखसहित पक्राउ 

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
pakrau.JPG

काठमाडौं । टोखा नगरपालिकाका कार्यकारी अधिकृत अर्थात् उपसचिव कृष्णप्रसाद सुवेदी एक लाख घुससहित पक्राउ परेका छन् । सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो ।

सुवेदीलाई कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उपभोक्ता समितिमार्फत निर्माण भएको सडकमा उनले अन्तिम भुक्तानी रोकेर राखेका थिए । एक लाख दिए मात्रै भुक्तानी दिने बताएपछि सडक निर्माण गर्ने ठेकदारले आयोगलाई खबर गरेका थिए । 

टोखा नगरपालिकाको मेयर अहिलेको सत्ताधारी नेकपा अथवा तत्कालीन एमालेकै  प्रकाश अधिकारी र उपमेयर पनि तत्कालीन एमालेकै ज्ञानमाया डंगोल छन् । 

शनिबार मात्रै केन्द्र सरकारका मन्त्रीले सरकार गठनपछिको ८ महिना संविधान कार्यान्वयनमा वितेको र अब भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गराउने बताएका थिए । 

ओली सरकारका मन्त्री भन्छन्– ८ महिना संविधान कार्यान्वयनमा खर्च भो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ