arrow

चन्द्र भण्डारीले दशैँ यस बर्ष पनि माझीसँग मनाउँदै

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
chandra-bhandari-dashain-majhi-basti.jpeg

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो वर्ष पनि माझी समुदायसँगै दशैंं मनाउने भएका छन् । गुल्मी निवासी नेता भण्डारीले जिल्लाका विभिन्न स्थानमा रहेका माझी अल्पसंख्यक समुदायहरुसँगै दशैं मनाउन सोमबार गृहजिल्ला गएका हुन् । 

उनले दशैंका अवसरमा बोटे माझी समुदायहरुलाई वितरण गर्ने सामग्रीहरु संकलन गरेर गृहजिल्ला गएका हुन् । अघिल्ला बर्षहरुमा झै नेता भण्डारीले दशैंका दिन यस बर्ष पनि बोटे बस्तीका महिलाहरुलाई टीका लगाइदिएर नगद दक्षिणासहित धोती, लुङ्गीलगायतका कपडाहरु उपहार दिने तयारी गरेका छन् । 

उनले दशंैकै अवसरमा गुल्मीका ६ वटा विद्यालयका विद्यार्थीहरुको लागि उपहार स्वरुप शैक्षिक सामग्री पनि वितरण गर्ने भएका छन् । 
 
गुल्मीको बम्घा लक्ष्मी निमावि, आंँटीपाटा प्रावि, झेर्दी निमावि, मजुवा प्रावि, माझि प्रावि बलिथुम, नरहरी उमाविका बिद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गर्ने भएका हुन् । 

उनले गुल्मी जिल्लाका सीमान्तकृत बोटे तथा माझी र दलित बस्तीहरुमा ४ सय १५ सय घर निर्माण पनि गरिरहेका छन् ।

एउटा घरकोे झण्डै ३ लाख निर्माण लागत पर्ने ती सवै घरहरु बनाउन झण्डै १२ करोड ४८ लाख खर्च हुने नेता भण्डारीले जानकारी दिए । जनता आबास कार्यक्रम अन्तर्गत ती घरहरु बनाउने काम भइरहेको उनको भनाई छ । 

बम्घा, चोरकाटे, हुंगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट, रुरु लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुलाई उपहार निर्माण भइरहेको घरहरु चाँडै नै हस्तान्तरण गरिने नेता भण्डारीले बताए ।

काँग्रेस नेता भण्डारी गत बर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट उम्मेदबार भए पनि नेकपाका प्रदीप ज्ञवालीसँग पराजित भएका थिए भने २०७० सालमा ज्ञवालीलाई नै पराजित गरी विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ