arrow

भारतमा चुनावी चहलपहल सुरु, विहारमा भाजपाको यस्तो योजना

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
bjp-jdu.jpg

काठमाडौं । भारतमा आगामी वर्ष हुने निर्वाचनको लागि चहलपहल सुरु भएको छ । उक्त निर्वाचनमा विहारको लागि भारतीय जनता पार्टी (भाजपा)ले जेडीयूसँग तालमेल गरेर निर्वाचन लड्ने भएको छ । 

शुक्रबार भाजपा अध्यक्ष अमित शाह र जेडीयू अध्यक्ष तथा मुख्यमन्त्री नितिश कुमारले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै बराबर स्थानमा निर्वाचन लड्ने बताएका हुन् । 

त्यसका साथै गठबन्धनका अन्य दलहरुलाई पनि सम्मानजनक सिट दिइने बताइएको छ । यद्यपि अहिलेसम्म सिटको संख्या र विवरण भने अबको केही दिनमा सार्वजनिक गरिने बताइएको छ । 

भाजपाका अध्यक्ष अमित शाहले विहारमा गठबन्धनका पार्टीहरुको बीचमा कुनै किसिमको मतभेद नभएको स्पष्ट पारेका छन् । उनले विपक्षीले आधारहीन प्रचार गरिरहेको बताएका छन् । 

विहारमा भारतको लाकसभाको ४० सिट रहेको छ । सन् २०१४ मा भएको निर्वाचनको क्रममा भाजपाले २२ सिटमा जित हासिल गरेकाके थियो । 

अहिलेको घोषणाअनुसार भाजपाले यसअघि जितेको सबै स्थानमा उम्मेदवार नउठाउने स्पष्ट देखिएको छ । यस्तोमा भाजपाभित्र पनि असन्तोष तथा विवादहरु देखिनसक्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ