भारतमा चुनावी चहलपहल सुरु, विहारमा भाजपाको यस्तो योजना
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
742
Shares
काठमाडौं । भारतमा आगामी वर्ष हुने निर्वाचनको लागि चहलपहल सुरु भएको छ । उक्त निर्वाचनमा विहारको लागि भारतीय जनता पार्टी (भाजपा)ले जेडीयूसँग तालमेल गरेर निर्वाचन लड्ने भएको छ ।
शुक्रबार भाजपा अध्यक्ष अमित शाह र जेडीयू अध्यक्ष तथा मुख्यमन्त्री नितिश कुमारले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै बराबर स्थानमा निर्वाचन लड्ने बताएका हुन् ।
त्यसका साथै गठबन्धनका अन्य दलहरुलाई पनि सम्मानजनक सिट दिइने बताइएको छ । यद्यपि अहिलेसम्म सिटको संख्या र विवरण भने अबको केही दिनमा सार्वजनिक गरिने बताइएको छ ।
भाजपाका अध्यक्ष अमित शाहले विहारमा गठबन्धनका पार्टीहरुको बीचमा कुनै किसिमको मतभेद नभएको स्पष्ट पारेका छन् । उनले विपक्षीले आधारहीन प्रचार गरिरहेको बताएका छन् ।
विहारमा भारतको लाकसभाको ४० सिट रहेको छ । सन् २०१४ मा भएको निर्वाचनको क्रममा भाजपाले २२ सिटमा जित हासिल गरेकाके थियो ।
अहिलेको घोषणाअनुसार भाजपाले यसअघि जितेको सबै स्थानमा उम्मेदवार नउठाउने स्पष्ट देखिएको छ । यस्तोमा भाजपाभित्र पनि असन्तोष तथा विवादहरु देखिनसक्ने अनुमान गरिएको छ ।