arrow

नेकपाका महासचिव बिष्णु पौडेलकी बुहारीलाई बढुवा गर्न नयाँ पद सिर्जना, रामचन्द्रकी बुहारीको जागिर चट

logo
हाम्राकुरा विशेष संवाददाता,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
Bishnu-Paudel.jpg.jpeg

काठमाडौं। शक्तिको उन्माद कतिसम्म हुँदोरहेछ, परराष्ट्र मन्त्रालयको एउटा घटनाले प्रष्ट देखएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडलकी बुहारी प्रणिता अधिकारीलाई बढुवा गर्न परराष्ट्र मन्त्रालयले नयाँ पद सिर्जना गरेको छ। 

परराष्ट्र मन्त्रालयले अनाबश्यक रूपमा १४ उपसचिव र १२ शाखा अधिकृतको पद थप गरी दरबन्दी स्विकृतिकोलागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ। मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिर्पोटमा संशोधन गरी त्यति ठूलो संख्यामा उपसचिव र शाखा अधिकृत पद थप गरेको हो। १४ उपसचिव थप नगरेको भए पौडलकी छोरा बुहारी प्रणिता उपसचिवमा बढुवा हुने थिइनन्। 

परराष्ट्र मन्त्रालयले थप गरेको उपसचिव पदमा पूर्व सचिव उमेश मैनालीकी छोरी इला मैनाली र पूर्व सशस्त्र प्रहरी प्रमुख सनद बस्तेतकी छोरी शिवानी बस्नेत पनि बढुवा हुने भएका छन्। मन्त्रालय स्रोतले हाम्राकुरालाई दिएको जानकारी अनुसार नेकपाका महासचिव पौडेलको दबाबमा मन्त्रालयले १४ उपसचिव थप गरेको हो। १४ उपसचिव र १२ शाखा अधिकृत थप गर्दा राज्यलाई करोडौंको व्ययभार थपिएको छ। प्रणिता हाल परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत छिन्। अब उनलाई उपसचिवमा बढुवा हुन बाटो खुला भएको छ। 

संघीय मामिला स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले करिव दुइ महिना अघि १४ उपसचिव १२ शाखा अधिकृतको पद थप गरी मन्त्रालयमा पठाएको थियो। त्यसमा संघीय मन्त्रालयले आपत्ती जनाई थप दरबन्दीलाई अस्विकार गर्‍यो । विना औचित्य र विना आधार दरबन्दी थप गरिएको भन्दै आवश्यकता विना दरबन्दी थप नगर्न परराष्ट्र मन्त्रालयलाई संघीय मन्त्रालयका उच्च कर्मचारीहरुले पत्राचार गरेका थिए। त्यसपछि करिव दुइ महिनासम्म दरबन्दी थप्ने परराष्ट्रको प्रयास त्यतीकै थन्किएको थियो । तर उपसचिवमा दरबन्दी नथप्ने वित्तिकै प्रणिताको बढुवा हुने सम्भावना रहेन । करिव एक हप्ता अघि परराष्ट्रले फेरि थप दरबन्दी स्विकृतिकोलागि संघीय मन्त्रालयलाई ताकेता गर्न शुरु गरेको छ।  यसमा परराष्ट्र मन्त्री आफैंले चासो देखाएको स्रोतको भनाइ छ। परराष्ट्र मन्त्रीले संघीय मन्त्री लालबाबु पण्डितलाई समेत यसबारेमा ध्यानाकर्षण गराएका थिए। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको आग्रहपछि संघीय मन्त्रीले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्तावलाई स्विकार गर्न संघीय मन्त्रालयका कर्मचारीहरुलाई दबाब दिएको  स्रोतले हाम्राकुरालाई बताएको छ । ‘परराष्ट्रमा दरबन्दी थप्न आवश्यक नहुँदा नहुँदै पनि हामीले परराष्ट्रमा उपसचिव र शाखा अधिकृत थप्न बाध्य भएका छौ।’ संघीय मन्त्रालयका एक उच्च कर्मचारी बताउँछन् । 

ओएनएम सर्भे पछि परराष्ट्रले उपसचिव र शाखा अधिकृतको दरबन्दी संख्या थप्न लागेको हो । ओएनएम सर्भे रिर्पोटमा परराष्ट्रमा दरबन्दी थप गरिएको छैन । सर्भे रिर्पोटमा प्राय सबै मन्त्रालयमा दरबन्दी कटौती गरिएको छ। तर पराष्ट्रमा भने शक्तिको आडमा अनावश्यक रुपमा दरबन्दी थप्ने काम भएको छ,—परराष्ट्रका एक कर्मचारीले भने । १४ उपसचिव र १२ शाखा अधिकृत थप्ने वित्तिकै उनीहरूलाई दिइने तलब र भत्ताको बोझ पनि हरेक महिना थपिदै जान्छ। 

पौडलकी भाइ बुहारीको जागिरी चट
यता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलकी भाइ बुहारी बन्धु पौडेलको जागिरी परराष्ट्र मन्त्रालयले खोसेको छ। बन्धु करिव ६ वर्षदेखि पराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागमा कम्प्यटुर अप्रेटरमा करारमा कार्यरत थिइन्। चितवन घर भएकी बन्धु जागिरी खोसिए पछि केही दिन उनी सिहंदरबार गइ आन्दोलनमा पनि सहभागी भइन। परराष्ट्र मन्त्रीसम्म पनि बन्धुलाई नहटाउन कुरा पुगेपनि मन्त्रीले हुन्छ हुन्छ मात्र भनेर टारे। स्रोतका अनुसार तत्कालीन परराष्ट्र सचिव बन्धुलाई करारमा निरन्तरता दिन शुरुमा सकारात्मक कुरा गरे पनि व्यवहारमा उनले पनि काम गरेनन्।

गत भदौ ३१ गते सरकारले अस्थायी,ज्यालादारी तथा करारामा कार्यरत सबै कर्मचारीहरुलाई साउन, भदौ र असोजसम्म सेवामा निरन्तरता दिने, असोज पछि आवश्यक नभएकाहरुलाई थप तीन महिनाको तलव दिइ विदाइ गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले गरेको यो निर्णयलाई समेत परराष्ट्रले उल्लघंन गरेको छ। बन्धुलाई न त असोजसम्म जागिर दिइयो न त थप तीन महिनाको तलब नै दिइयो। साउन महिनादेखि एक रूपैयाँ समेत नदिइ उनलाई परराष्ट्रले विदाइ गर्ने काम गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ