arrow

दूरदर्शनका पत्रकार नक्सलवादीको आक्रमणमा परि मृत्यु

logo
एएनआई,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
doordarshan-tv.jpg

दन्तेवाडा। भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ। मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन्।

दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ। आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रहरीले उक्त स्थानमा खोजी अभियान सुरु गरिसकेको वरिष्ट प्रहरी अधिकारी पी सुन्दर राजले बताए। सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ