दूरदर्शनका पत्रकार नक्सलवादीको आक्रमणमा परि मृत्यु
एएनआई,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
474
Shares
दन्तेवाडा। भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ। मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन्।
दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ। आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
प्रहरीले उक्त स्थानमा खोजी अभियान सुरु गरिसकेको वरिष्ट प्रहरी अधिकारी पी सुन्दर राजले बताए। सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए।