arrow

कास्मिरमा भाजपा नेताको हत्या

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
bjp-logo.jpg

श्रीनगर, कास्मिर । अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उनका भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ ।

“गएराति बन्दुकधारीहरुले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परिहर र उनका भाइ अजित परिहरको हत्या गरेका छन्,” एक जना वरिष्ट प्रहरी अधिकारीले बताए ।

आक्रमण हुनेबित्तिकै उनिहरुलाई नजिकैको अस्पतालमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको प्रधानमन्त्री कार्यालयका कनिष्ट मन्त्री जितेन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ